बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा | Khabarhub Khabarhub

बिदामा बसेका विमानस्थल सुरक्षा प्रमुख चन्दको सरुवा


२६ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दको सरुवा भएको छ ।

गृहमन्त्रालयले डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको हो ।

केही दिन अगाडि अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी कर्मचारी र अध्यागमन कार्यालयका अधिकृतबिच हातपात भएको थियो ।

सो घटनामा प्रहरी कर्मचारीलाई दोषी देखाइएपछि डीआईजी चन्दले राजीनामा दिएका थिए । पछि उनले राजीनामा फिर्ता लिएर काममा फर्कने बताएका थिए ।

चन्द राजीनामापत्र फिर्ता लिएर केही दिनका लागि बिदामा बसेका छन् । बिदामा बसेकै बेला उनको सरुवा भएको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : २९ बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ