फाइल तस्वीर

देश/प्रदेश

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

By खबरहब

January 11, 2024

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो ।

जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।

विष्टको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । 

यो पनि…

मान्छेले हात्तीको बाटो छेकेपछि