खेलकुद

युरोकप : अल्बानीयामाथि इटालीको जित

By खबरहब

June 16, 2024

काठमाडौं– युरोकप फुटबल २०२४ मा साबिक विजेता इटाली विजयी सुरुवात गरेको छ । गएराती जर्मनीको सिग्नल इडुना पार्कमा भएको समूह ‘बी’को पहिलो खेलमा अल्बानियालाई २–१ गोलले हराउँदै इटाली विजयी भएको हो ।

इटालीका लागि अलेसेन्ड्रो बास्टोनी र निकोलो बारेलाले एक–एक गोल गरेका थिए । अल्बानियाका नेदिम बजरामीले एक गोल गरेका थिए ।

खेल सुरु भएको १ मिनेट नबित्दै अल्बानियाका बजरामीले सुरुवाती गोल गरेका थिए । तर ११ औँ मिनेटमा इटालीका बास्टोलीले गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, १६औँ मिनेटमा बारेलाले गोल गर्दै इटालीलाई २–१ को अवस्थामा पु¥याए । त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि इटाली २–१ गोलले विजयी भयो ।

यो जितसँगै इटालीले पहिलो खेलबाट तीन अंक जोडेको छ । यसअघि गएराति नै भएको खेलमा स्पेनले क्रोएसियालाई हराएको छ ।

यो पनि… युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात

युरोकपमा स्वीट्जरल्याण्डको विजयी सुरुवात