युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात | Khabarhub Khabarhub

युरोकपः क्रोएसियामाथि स्पेनको शानदार विजयी सुरुवात


२ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए युरोकप २०२४ मा क्रोएसियामाथि स्पेनले शानदार जित निकालेको छ। समूह ‘बी’ को खेलमा स्पनेले ३-० गोल गर्दै शानदार विजयी सुरुवात गरेको हो।

गएराति भएको खेलको पहिलो हाफमा स्पेनले क्रोएसियाविरुद्ध सनसनीपूर्ण खेल प्रदर्शन गरेको हो। २९ औं मिनेटमा अल्भारोज मोराटाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए।

३२ औं मिनेटमा फाबियान रुइजले टोलीको अग्रता दोब्बर बनाए भने पहिलो हाफको इन्जुरी समयमा ड्यानी कार्भाहालले तेस्रो गोल गर्दै स्पष्ट नतिजा आफ्नो पक्षमा पारे। पहिलो हाफ एकपक्षीय ढंगले स्पेनले प्रभाव जमाएको खेलमा दोस्रो हाफमा क्रोएसियाले पुनरागमन गर्न सकेन। दोस्रो हाफमा स्पेनसमेत रक्षात्मक ढंगले खेल्यो।

समूह ‘बी’मा यो जितसँगै स्पेन तीन अंकका साथमा शीर्ष स्थानमा उक्लिएको छ। यो समूहमा स्पेनसँगै, क्रोएसिया, अल्बानिया र इटाली छन्।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ५ : २१ बजे

थाइ अदालतले प्रधानमन्त्री थाभिसिनको मुद्दामा अगस्ट १४ मा फैसला गर्ने

बैंकक– थाइल्याण्डका प्रधानमन्त्री श्रेता थाभिसिनलाई पदमुक्त गर्न माग गरिएको मुद्दामा

विमान दुर्घटनापछि उद्धारका तस्बिर 

काठमाडौं– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।  

दुर्घटनामा परेको सौर्यको विमान २१ वर्ष ४ महिना पुरानो

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य

परम्परागत बाली विस्तार गर्दै कालिका नगरपालिका

चितवन– चेपाङ समुदायको बसोबास रहेको कालिका नगरपालिकाका तीनवटा वडामा परम्परागत

जहाज दुर्घटना : इन्जिनको भाग उछिट्टिएर झर्‍यो

काठमाडौं- त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज