धर्म / संस्कृति

राम मन्दिरको प्राण प्रतिष्ठा : सिँगारियो अयोध्या (फोटोहरु)

By संगम ढकाल

January 21, 2024

अयोध्या- भारतको अयोध्यामा सोमबार हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहको तयारी पूरा भएको छ ।

सोमबार स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको शुभ साइतमा मन्दिरको प्राण प्रतिष्ठा समारोह सुरु हुनेछ ।

राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन भारतसहित विश्वका विभिन्न स्थानबाट लाखौँ भक्तजन अयोध्या आइपुगेका छन् ।

प्राण प्रतिष्ठा समारोहका लागि अयोध्याका सडक र गल्लीहरुमा पोस्टर र तस्बिरहरु टाँगिएको छ ।