समाचार

आजका समाचार : रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्सदेखी अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठासम्म

By खबरहब

January 22, 2024

 दिनभर आजमा रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्स, पुराना आयोजनालाई प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री, राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु, अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा पनि हर्षबढाइँ, डोनेत्स्क बजारमा युक्रेनी गोलाबारी, २७ जनाको मृत्युलगायतका समाचार रहनेछन्  ।

पुराना आयोजनालाई प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयको एक्सन रूमबाट सिक्टा सिंचाइ आयोजना र महाकाली सिंचाइ आयोजना (तेस्रो चरण) को अनुगमन गर्दै प्रधानमन्त्रीले सो कुरा बताए ।

आयोजनाको समय र लागत नबढाउन प्रधानमन्त्रीको निर्देशन

स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री

जनता ठग्ने सहकारी सञ्चालकमाथि कारबाही हुन्छ : गृहमन्त्री

रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्स राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार आयोजित पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकले उनलाई दिएको पत्र देखाए । पत्रकार सम्मेलनको अन्त्यमा उनले यो पत्रबारे चर्चा गरिदिन मिडियासँग विशेष आग्रहसमेत गरे ।

लामिछानेले बैंकलाई आफूले सोमबार नै विवरण माग गरेको तर बैंकले गत असोज २२ को मिति राखेर त्रुटि गरेको पनि बताए ।

थप…

रविका नाममा जम्मा भएको १ करोड ८० लाखको चेक बाउन्स

मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन :रवि

हामी सरकारमा गयौं भने धेरै कुरा पत्ता लाग्छ : रवि लामिछाने

कुनै पनि निकायले मेरो खाता हेरोस्, १ करोड ८० लाख लिएको रहेछु भने सजाय भोग्न तयार छु : रवि

सहकारीको समस्या विकराल : स्वणिर्म वाग्ले

कर्जा असुली न्यायधिकरण गठन गर्न आवश्यक : स्वणिर्म वाग्ले

राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।

मौन अवधिमा उमेदवारको पक्षरविपक्षमा कुनै पनि माध्यमबाट मत माग्न, निर्वाचनसम्बन्धी भेला, गोष्ठी, प्रचारप्रसार लगायत कार्य गर्न नपाइने आयोगले जनाएको छ ।

हाम्रो सिफारिसमा…

पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च

नेप्से परिसूचक साढे ३१ अंकले घट्यो

सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप

अन्तर्राष्ट्रिय राजमार्ग निर्माण अन्योल

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालमा पनि हर्षबढाइँ लामो समयको विवादपछि भारतको उत्तरप्रदेश राज्यस्थित अयोध्यानगरमा बनाइएको भव्य राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । प्राण प्रतिष्ठा कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्य भूमिका निर्वाह गरेका थिए ।

अयोध्या रामको जन्मभूमि भएको हिन्दु धर्मालम्बीको विश्वास छ । रामको जन्मस्थानमा रहेको मन्दिर सन् १५५८ मा भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको हिन्दूहरूको दाबी छ । यसैलाई लिएर सन् १८५३ मा सो स्थानमा धार्मिक हिंसा मच्चिएको थियो ।

त्यसयता पनि हिन्दु र मुस्लिमहरुबीच पटक-पटक भएको धार्मिक हिंसामा हजारौं नागरिकको मृत्यु भएको थियो । हिन्दुहरुले त्यहाँ रहेको बाबरी मस्जिद भत्काउँदा थप हिंसा भड्किएको थियो ।

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

खेलकुद…

मधेससंग सुदूरपश्चिम पराजित प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

किर्तिपुरस्थित त्रिवि मैदानमा मधेसले सुदूरपश्चिमलाई ८० रनले पराजित गर्‍यो । प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो हार हो । जिसँगै प्रतियोगितामा चौथो जित हासिल गरेको मधेसले आठ अङ्क जोडेको छ ।

बागमतीसंग कर्णाली पराजित

अन्तर्राष्ट्रिय…

डोनेत्स्क बजारमा युक्रेनी गोलाबारी, २७ जनाको मृत्यु युक्रेनी सेनाले आइतबार डोनेत्सकको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको एक समाचार एजेन्सीले डोनेत्सकका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सो कुरा बताएको छ ।

घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप…

चन्द्रमामा ल्यान्डरको ब्याट्री रिचार्ज गर्न सकिने सम्भावना : जाक्सा

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण

पाकिस्तानमा २ करोड ६० लाख बालबालिका विद्यालय बाहिर

श्रीलंकाको दक्षिणी क्षेत्रमा गोली चल्दा ५ जनाको मृत्यु

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण