आजका समाचार : सत्ता समीकरणमा असमझदारी नभएको प्रधानमन्त्रीद्वारा स्पष्ट, बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी

By खबरहब

June 22, 2024

सत्ता समीकरणमा कुनै असमझदारी छैन : प्रधानमन्त्री प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरूबीच भएको समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका छन् ।

शनिबार दिउँसो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले समीकरणमा कुनै समस्या र असमझदारी नरहेको स्पष्ट पार्दै समझदारीअनुरूप नै सत्तासमीकरण अगाडि बढ्ने बताएका हुन् ।

महाधिवेशनले सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘आजभोलि बजारमा सरकार के हुन्छ, सत्तासमीकरण के हुन्छ भन्नेखालका प्रश्न उठाउन खोजिएको छ । यस्तो प्रचार र आशंका म प्रधानमन्त्री भएको दिनदेखि नै थियो। तर, कुनै समस्या छैन । अहिले पनि सरकार के हुन्छ भन्ने जिज्ञासा र भ्रम पनि देख्छु । तर, केही हुँदैन । हामी समझदारीका साथ नै अगाडि बढेका छौँ। समझदारीका साथ नै अगाडि बढ्छौँ। सत्तासमीकरण कुनै समस्या छैन र हुँदैन ।’

बजेटले उत्पादन वृद्धि र रोजगारीलाई उच्च प्राथमिकता दिएको छ 

स्वाभिमानी नेता र कार्यकर्ताले मात्रै देशलाई अघि बढाउन सक्छन् : अर्थमन्त्री

उपप्रधानमन्त्री महासेठले गरे मुग्लिन–पोखरा सडक अनुगमन

बजेटका कारण सत्ता साझेदार दलबीच समस्या हुँदैन : मन्त्री शर्मा

अबको हाम्रो एक मात्र लक्ष्य मिसन २०८४ हो : मन्त्री चौधरी

एकीकृत समाजवादीले महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट गर्‍यो

कांग्रेसलाई कसैले हराउन नसक्नेगरी काम गर्नुहोस् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा उनले सो निर्देशन दिएका हुन् ।

यस्तै चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने बताए ।

उनले भने, ‘पार्टीमा दण्ड र पुरस्कारको थिति कडाइका रुपमा बसाल्छौं ढुक्क भएर काम गर्नुहोस्।’

राजनीतिलाई अपराधीकरणले गाँजेको छ : शेखर कोइराला

विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी

गगन थापा भन्छन्-आगामी निर्वाचनसम्म कांग्रेस सरकारमा जानुहुँदैन

भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुल छेउमा चक्का पड्केर भारतीय नम्बरप्लेटको स्कारपियो दुर्घटना हुँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा चालकसहित गाडीमा सवार चारजना घाइते छन् ।

सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा तर्फ जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो गाडीको पछाडि देब्रे तिरको चक्का पड्किएर अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।

हात्तीको २ दाह्रासहित ३ जना पक्राउ

गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

सवारी दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु

पर्सा निकुञ्जमा सिकारी र सेनाबीच दोहोरो झडप, एक सिकारीको मृत्यु

काठमाडौंका केही क्षेत्रमा दुई दिन विद्युत अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै मर्स्याङ्दी काठमाडौँ २२० केभी आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँकन्ट्रोल रुममा जडित सबस्टेशन अटोमेसन सिस्टमलाई सटडाउनमा राखी कार्य गर्नुपर्ने भएकोले मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेको स्थानमा दुई दिन विद्युत् सेवा प्रभावित हुने जनाएको हो ।

प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि ३ बजेसम्म सतुंगल, मच्छेगाउँ र फर्पिङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । यी क्षेत्रमा आइतबार पनि फरक फरक समयमा विद्युत् आवागमन प्रभावित हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

‘सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न मिडिया काउन्सिल विधेयक’

वीरगन्ज महानगरले ल्यायो २ अर्ब ८९ करोडको बजेट

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक बहुमतले पारित

मधेश प्रदेशसभाबाट ‘बालिका संरक्षण ऐन २०८१’ विधेयक पारित

कोशी प्रदेशसभाबाट विनियोजन विधेयक बहुमतले पारित

बंगलादेश र भारतबीच रेल कनेक्टिभिटी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना दुई दिने भ्रमणका लागि भारत पुगेकी छन् । शेख हसिना र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

यसअघि शेख हसिनाले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरिन् । यसअघि शेख हसिना पनि प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन जुन ९ मा भारत पुगेकी थिइन् ।

दुई नेताबीच भएको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको जानकारी दिए । यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो ।

चीनद्वारा फ्रान्सको सहकार्यमा नयाँ उपग्रह प्रक्षेपण

युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण

भारतमा परीक्षा सञ्चालन नियन्त्रण सम्बन्धी नयाँ कानून लागू

इजरायली आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु, ५० घाइते

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो