हात्तीको २ दाह्रासहित ३ जना पक्राउ | Khabarhub Khabarhub

हात्तीको २ दाह्रासहित ३ जना पक्राउ


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा जिल्लाको पश्चिमी भेगबाट प्रहरीले हात्तीको दुईवटा दाह्रासहित तीनजनालाई पक्राउ गरेको छ ।  

ठोरी गाउँपालिका ४ गोरखपुर टोलमा प्रहरीले विशेष सूचनाको आधारमा २० किलोग्राम भन्दा बढी तौल भएको दुईवटा हात्तीको दाह्रा बरामद गरेको हो ।

पर्सा प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले ठोरीको गारेखपुर टोलमा हात्तीको दाह्रा खरिद बिक्री भइरहेको गोप्य सूचना आएपछि प्रहरी टोली परिचालन गरिएको बताए ।

 स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनेर जमिन मुनि राखिएको अवस्थामा उक्त दुईवटा दाह्रा बरामद भएको प्रहरी प्रवक्ता भारतीले जानकारी दिएका छन ।

हात्तीको दाह्रा ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ठोरीको विजयवस्ती गुम्बालाइनका ४१ वर्षीय कुइसंग लामा, वीरगन्ज महानगरपालिका १४ का प्रेम शर्मा र वडा ३१ का अमिरीलाल महतोलाई प्रहरीले पक्राउ गरेको  छ ।  पक्राउ परेकाहरूको साथबाट प्रहरीले नेपाली ५० रुपैयाँको नोटमा सूचना स्वरुप मिति लेखिएको भिडियो र फोटो समेत बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साको सहकार्यमा  अनुसन्धान भइरहेको प्रवक्ता भारतीले बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ४ : ३३ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ