आर्थिक

अर्थसंक्षेप : नेपालको वैदेशिक व्यापार घट्यो, १२ वाणिज्य बैंकको नाफा वृद्धि

By खबरहब

October 23, 2024

काठमाडौं–  चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्पापार ३।९६ प्रतिशतले घटेको छ । त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा १२ वाणिज्य बैंकको नाफा वृद्धि भएको छ भने ८ वटाको घटेको छ ।

बुधबार शेयर बजारमा गिरावट आएको छ । कुमारी बैंकले तिहार र छठको अवसरमा विभिन्न क्यासब्याक अफर ल्याएको छ । सुनको मूल्यले आजपनि रेकर्ड राख्यो ।

आजका प्रमुख आर्थिक समाचार

नेपालको वैदेशिक व्पापार ३.९६ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको ३ महिनामा नेपालको वैदेशिक व्यापार घट्न पुगेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालको वैदेशिक व्यापारमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३।९६ प्रतिशतले संकुचन आएको हो ।

विभागकाअनुसार समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४।१७ प्रतिशतले आयातमा कमी आएको छ भने ६।११ प्रतिशतले निर्यातमा कमी आएको छ । समीक्षा अवधिमा नेपालमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार बराबरको विभिन्न वस्तु आयात भएको छ भने ३८ अर्ब ३७ करोड ८७ लाख १७ हजार बराबरको विभिन्न वस्तु निर्यात भएको छ ।

तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल २२ अर्ब १५ करोड ७० लाख ४३ हजार रूपैयाँ बराबरको, पेट्रोल १६ अर्ब ६२ करोड ८२ लाख ३९ हजार रूपैयाँ बराबरको र खाना पकाउने एलपी ग्यास १४ अर्ब ६ करोड ४४ लाख ५३ हजार रूपैयाँ बराबरको आयात भएको छ ।

नेपालमा ३ महिनाको अवधिमा ९ अर्ब ८३ करोड २८ लाख ९८ हजार रूपैयाँ बराबरको मोबाइल भित्रिएको छ भने ७ अर्ब ९३ करोड १३ लाख ६६ हजार रूपैयाँ बराबरको युरिया मल भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा नेपालमा सबैभन्दा धेरै सामग्री भारतबाट २ खर्ब ४० अर्ब ९२ करोड बराबरको आयात भएको छ भने चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख ६५ हजार रूपैयाँ बराबरको आयात भएको छ । सोही अवधिमा नेपालले लामो समयदेखि रसियासँग युद्धमा फसेको मुलुकसँग तेस्रो स्तरको आयात गरेको विभागको तथ्यांकले देखाएको छ ।

विभागकाअनुसार समीक्षा अवधिमा नेपालमा युक्रेनमार्फत ६ अर्ब ५१ करोड ५८ लाख १६ हजार रूपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको छ । त्यसपछि नेपालले सबैभन्दा धेरै सामग्री आयात गर्ने मुलुकहरूमा चौथो अष्ट्रेलिया, पाँचौँ अर्जेन्टिना र छैटौँ अमेरिका रहेका छन् ।

१२ वाणिज्य बैंकको नाफा वृद्धि, ८ वटाको भने घट्यो

चालु आर्थिक वर्षको ३ महिनामा अधिकांश वाणिज्य बैंकहरू खुद नाफा वृद्धि गर्न सफल भएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ३ महिना अवधिमा १२ वटा वाणिज्य बैंकहरूको खुद नाफामा वृद्धि भएको छ भने ८ वटामा गिरावट आएको छ ।

बैंकहरूको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिना अवधिमा सबैभन्दा धेरै अर्थात् गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिद्धार्थ बैंकले ७९१।४३ प्रतिशत बढी खुद नाफा वृद्धि गरेको छ । सो बैंकले चालु आर्थिक वर्षको ३ महिना अवधिका ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै खुद नाफा वृद्धि गर्न नबिल बैंक सफल भएको छ । नबिल बैंकले सो अवधिमा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३९।९७ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा ग्लोबल आइएमई, नेपाल बैंक, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबिआई, प्राइम, स्टान्डर्ड चाटर्ड, कुमारी, एनएमबि र एभरेष्ट बैंकहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफामा वृद्धि गरेका छन् । ती बैंकहरूले सो अवधिमा क्रमशः १ अर्ब ५१ करोड, ६० करोड, १ अर्ब ४ करोड, लक्ष्मी सनराइजले ५३ करोड, नेपाल एसबीआईले ८१ करोड, प्राइमले १ अर्ब २८ करोड, कुमारीले १ अर्ब ७ करोड, एनएमबीले १ अर्ब १४ करोड र एभरेष्टले १ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका हुन् ।

तर, समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सानिमा, हिमालयन, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सिटिजन्स, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकहरूको खुद नाफामा भने गिरावट आएको छ ।

बैंकहरूद्वारा सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कृषि विकास बैंकको खुद नाफामा सबैभन्दा धेरै अर्थात् १२१।५० प्रतिशतले गिरावट आएको छ । सो बैंकले समीक्षा अवधिमा १९ करोड ९ लाख २३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा खुद नाफामा गिरावट आएका बैंकहरूमध्ये सानिमाले ३९ करोड, हिमालयनले ७२ करोड, माछापुच्छ्रेले ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, सिटिजन्सले २४ करोड, एनआइसी एशियाले ११ करोड र राष्ट्रिय वाणिज्य बैंकले १५ करोड बढी खुद नाफा आर्जन गरेका छन् ।

नेप्से परिसूचक घट्यो

बुधबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० २०।४१ अंकले घटेको छ । प्रि–ओपन सेसनमा ९ अंकले बढेको सुरु भएको नेप्से बजार बन्द हुँदा भने ०।७६ प्रतिशतले घटेर २६४५।३९ विन्दुमा पुगेको छ ।

आज दिनभरमा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ । बुधबार ७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

बजार खुल्ला रहँदासम्म ३२४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ६५ हजार ९१ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये २ वटा बाहेक सबै समूह राताम्य भएको छ । फाइनान्स समूह २।३२ अंकले बढेर ३ हजार ३६०।५८ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०।२५ प्रतिशतले बढेर ३ हजार ६१५।६२ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १।७० प्रतिशतले घटेर १ हजार ५३९।२५ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०।०१ प्रतिशतले घटेर २१।१८ विन्दुमा पुगेको छ । त्यस्तै, विकास बैंक समूह ०।६५ प्रतिशत, होटल एण्ड टुरिजम ०।७५, हाइड्रोपावर ०।५३, लगानी ०।३५, जीवन बीमा ०।७१, उत्पादन तथा प्रशोधन ०।३८, लघुवित्त ०।३२, निर्जीवन बीमा ०।४३ र अन्य समूह ०।४५ प्रतिशतले घटेको छ ।

कुमारी बैंकले ल्यायो तिहार र छठमा क्यासब्याक अफर

कुमारी बैंकले आउँदै गरेको तिहार, किजा पूजा तथा छठ पर्वका अवसरमा सेवाग्राहीलाई शुभकामनास्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको हो ।

बैंकका अनुसार भाईटिका तथा किजा पूजाको दिनमा मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने पहिलो १००० सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिने छ, भने अन्य ८ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाउने क्रम आज पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोल ८ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । मंगलबार सुन प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर दुईहजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।