बुधबार २० अंकले घट्यो शेयर बजार, कारोबार कति ? | Khabarhub Khabarhub

बुधबार २० अंकले घट्यो शेयर बजार, कारोबार कति ?


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.४१ अंकले घटेको छ । प्रि–ओपन सेसनमा ९ अंकले बढेको सुरु भएको नेप्से बजार बन्द हुँदा भने ०.७६ प्रतिशतले घटेर २६४५.३९ विन्दुमा पुगेको छ । 

आज दिनभरमा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ । 

बुधबार ७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

बजार खुल्ला रहँदासम्म ३२४ वटा कम्पनीको शेयर कारोबारमा आएको छ । ६५ हजार ९१ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये २ वटा बाहेक सबै समूह राताम्य भएको छ । फाइनान्स समूह २.३२ अंकले बढेर ३ हजार ३६०.५८ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.२५ प्रतिशतले बढेर ३ हजार ६१५.६२ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा बढी वाणिज्य बैंक समूह १.७० प्रतिशतले घटेर १ हजार ५३९.२५ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०१ प्रतिशतले घटेर २१.१८ विन्दुमा पुगेको छ । 

त्यस्तै, विकास बैंक समूह ०.६५ प्रतिशत, होटल एण्ड टुरिजम ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.३२, निर्जीवन बीमा ०.४३ र अन्य समूह ०.४५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : १२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस