राष्ट्रियसभा निर्वाचन अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित प्रदेश निर्वाचन कार्यालयमा भइरहेको मतदान

ब्रेकिङ स्टोरी

राष्ट्रियसभा निर्वाचन : ८० प्रतिशत मतदान सम्पन्न, आजै परिणाम आउने

By खबरहब

January 25, 2024

काठमाडौँ– राष्ट्रियसभामा १९ सिटका लागि आज भइरहेको निर्वाचनमा ८० प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।

बिहान ९ बजे सुरु भएको मतदानमा मध्याह्न १२ बजेसम्म ८० प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनले भने, ‘सबै प्रदेशमा गरी अहिलेसम्म ८० प्रतिशत मत खसेको छ, कुनै विवाद नआए मतदान सकिए लगत्तै गणना सुरु गरी आजै विज्ञप्तिमार्फत परिणाम घोषणा हुनेछ ।’

उनले अहिले सातै प्रदेशका मतदान केन्द्रमा शान्त वातावरणमा मतदान जारी रहेको बताए । मतदानको समय ३ बजेसम्म रहेको छ ।

आगामी फागुन २० गते खाली हुने २० मध्ये १९ सिटका लागि आज निर्वाचन भएको हो । निर्वाचनमा विभिन्न दलका ५१ उम्मेदवार रहेका छन् ।

यो पनि… कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको रौनक (तस्वीरहरु)