देश/प्रदेश

एसईईको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ गते

By खबरहब

June 27, 2024

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा आगामी साउन १८ र १९ गते गर्ने भएको छ ।

दुई विषयसम्म नन ग्रेडमा परेका विद्यार्थीहरूले यो परीक्षा दिन पाउने छन् ।

२ लाख ४२ हजार ३१३ नन ग्रेडमा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ जना उक्त ग्रेड वृद्धिमा सामेल हुन पाउने छन् ।

बोर्डका अनुसार एक विषयमा नन ग्रेड पाउने विद्यार्थीको संख्या ६७ हजार ८९६ रहेको छ भने दुई विषय लाग्ने ४७ हजार ९३८ जना छन् ।

आज सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ६५ विद्यार्थीमध्ये २ लाख २२ हजार ४ सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

यो पनि … एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ) सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए