एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ) | Khabarhub Khabarhub

एसईईको नतिजा सार्वजनिक, नन् ग्रेडेडको संख्या ५२ प्रतिशत बढी (यसरी हेर्न सकिन्छ)


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक गरेको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ४४ हजार ७८५ विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२  (४७.८६ प्रतिशत) जनाले मात्रै ग्रेड प्राप्त गरेका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएका छन् । ५२.१४ प्रतिशत परीक्षार्थी भने नन ग्रेड (एनजी) भएका छन्।

यस वर्ष पहिलोपटक प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याएका विद्यार्थी नन ग्रेडमा परेका छन् ।

यस वर्षदेखि हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षामा न्यूनतम २७ अंक नल्याउने विद्यार्थी नन ग्रेड भएका छन् ।

दुई विषयसम्म एनजी पाएका विद्यार्थीले बोर्डले लगत्तै लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन्। जुन विषयमा एनजी भएको हो सोही विषयको मात्रै परीक्षा दिए पुग्ने छ । तर दुईभन्दा बढीमा एनजी पाएका विद्यार्थीले भने अर्को वर्ष उक्त विषयको परीक्षा दिनुपर्ने छ ।

यसरी हेर्न सकिन्छ नतिजा

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ९ : ३२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक