देश/प्रदेश

सुरु भयो एसईई परीक्षा (फोटोफिचर)

By खबरहब

March 28, 2024

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजे सकिने छ ।

चैत २७ गतेसम्म चल्ने परीक्षाका लागि देशभरबाट ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षाका लागि देशभर २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौँमा १२७ परीक्षा केन्द्र तोकिएका छन् ।

यो पनि… एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

एसईईको अपेक्षा : गुणस्तर कि नतिजा ?