नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल । फाइल तस्बिर

अन्तर्राष्ट्रिय

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

By खबरहब

March 28, 2024

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अदालतले अनुमति दिइएको छ ।यससँगै उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् ।

यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले बिहीबार केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चार दिन मात्रै समय थप गरेको छ ।

ईडीले केजरीवाललाई सोधपुछपछि गत बिहीबार निवासबाटै पक्राउ गरेको थियो। त्यसपछि उनलाई गत शुक्रबार अदालतमा पेस गरिएको थियो ।

यस्तै जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरिएको छ । अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानुन नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको बताएको छ ।

याे पनि…