समाचार

आजका समाचार : एकीकृत समाजवादीको बैठकदेखि दरबार हत्याकाण्ड छानबिनको प्रतिबद्धतासम्म

By खबरहब

January 29, 2024

 दिनभर आजमा दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री, एकीकृत समाजवादीमा १९ पदाधिकारी, १ सय केन्द्रीय सदस्य रहने, सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र  बनाउनुपर्नेमा जोड, परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता, नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु, त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन, राष्ट्रपति पदका लागि पुटिनद्वारा उम्मेदवारी दर्तालगायतका समाचार रहनेछन् ।

 बैठकका प्रस्तावहरू नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको हो ।

यसैबीच केन्द्रीय परिषद बैठकले गरेको निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले २४ वटा प्रस्तावहरू पारित गरेको बताए ।

थप…

नेकपा एकीकृत समाजवादी प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने

झलनाथको प्रस्ताव स् दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गरौँ

एकीकृत समाजवादीमा १९ पदाधिकारी, १ सय केन्द्रीय सदस्य रहने

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् ।

वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् ।

दरबार हत्याकाण्डको छानविन हुन्छ :प्रधानमन्त्री

तीन तहका सरकारका बीचमा देखिएका अस्पष्टता हट्नुपर्छ : प्रधानमन्त्री

जनतालाई गणतन्त्रको मर्म बुझाउनुपर्छ : प्रधानमन्त्री

बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

बन्द रहेका उद्योग सञ्चालन गर्छौँ : प्रधानमन्त्री दाहाल

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ

सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र  बनाउनुपर्छ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएकी छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा भएको छलफलमा मन्त्री शर्माले सरकारी सञ्चारमाध्यम भजनमण्डली जस्तो नभएर स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएका हुन् ।

नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौं :  वामदेव गौतम

बजार अनुगमनको अधिकार स्थानीय तहलाई हुनुपर्छ : मन्त्री रिजाल

परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए ।

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

सेयर बजारमा दोहोरो अंकको वृद्धि

खेलकुद…

नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सातौं जित निकालेको पुलिसले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्‍यो।

पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित

राष्ट्रपति पदका लागि पुटिनद्वारा उम्मेदवारी दर्ता रुसले सोमबार औपचारिकरूपमा भ्लादिमिर पुटिनलाई मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । निर्वाचनमा उनको जित करिब निश्चित छ ।

यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिनले चार वटा राष्ट्रपतीय निर्वाचन जितेका छन् भने विपक्षीहरू करिब अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा काम गरे ।

चीनको एक रेष्टुरेन्टमा आगलागी : चार जनाको मृत्यु

ग्यास आपूर्ति गर्न बंगलादेश र कतारबीच १५ वर्षे सम्झौता

रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी

ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु

स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो