सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ :  प्रधानमन्त्री | Khabarhub Khabarhub

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ :  प्रधानमन्त्री


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिमरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताएका छन् । 

बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन भ्रमणपश्चात् स्थानीय व्यवसायीसँग आज अन्तरक्रिया गर्दै उनले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउनेमा जोड दिए । 

‘निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,’ प्रधानमन्त्रीले भने, ‘रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्व दिएर निजी(सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।’

‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ६ : ०९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’