समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

By खबरहब

June 29, 2024

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ परेका छन् । उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।

यसअघि हिजो प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो ।  उनी काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए । उनी पनि  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए ।

एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ