एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ « Khabarhub

एमाले उपाध्यक्ष बादल पुत्र प्रतीक बौद्धबाट पक्राउ


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक काठमाडौंको बौद्धबाट पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी लामो समयदेखि फरार थिए । पूर्वगृहमन्त्रीसमेत रहेका बादलका पुत्र प्रतीक नक्कली शरणार्थी प्रकरणमा फरार सूचीमा थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रतीक थापालाई पक्राउ गर्न ३१ वैशाख २०८० मै पुर्जी जारी गरिसकेको थियो । जिल्ला अदालत, काठमाडौंबाट पक्राउ अनुमति लिए पनि उनी फरार थिए ।

प्रहरीले यसअघि बादल गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गरेको थियो। उनी उक्त प्रकरणमा हाल थुनामा रहेका छन् ।

राईले नै अनुसन्धानका क्रममा प्रतीकको नाम लिएका थिए। तर त्यसबेला प्रतीकले विज्ञप्ति निकालेर आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका क्रममा प्रतीकको पनि संलग्नता देखिए थियो  । तर त्यसपछि उनी निरन्तर फरार थिए ।

‘बादल’ गृहमन्त्री हुँदा गिरोहले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दा सुरु गरेकाे खुलेको थियो ।

यस प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र ‘बादल’का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी  तथा उनका छोरा सन्दीप रायमाझी जेल पुगेका थिए ।

जसमध्ये सन्दीप र पूर्वगृहमन्त्री खाँण छुटेका छन् । रायमाझी, राई र पाण्डे अझै पनि थुनामै छन् । जिल्ला र उच्च दुवै अदालतले उनीहरूलाई थुनामै राख्ने आदेश दिएका छन् ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ७ : ५३ बजे

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको

पासपोर्ट छुटाइदिने भन्दै ६ लाखको बार्गेनिङ, दुई युवा पक्राउ

काठमाडौं – भारतबाट युरोपेली मुलुकहरूको भिसा लगाएर नेपाली नागरिकका पासपोर्ट