खोटाङ कांग्रेसका जिल्ला सभापति राई पार्टीबाट निष्कासित
काठमाडौं– नेपाली कांग्रेसले खोटाङका जिल्ला सभापति विष्णुकमार राईलाई पार्टीबाट निष्कासन गरेको छ । केन्द्रीय अनुशासन समितिले बुधबार उनलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । खोटाङ सभापति राईलाई एक वर्षका लागि पार्टीबाट निष्कासन गरिएको समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले पुष्टि गरे । उनीमाथि गत निर्वाचनमा पार्टीलाई असहयोग गरेको आरोप लागेको थियो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed