एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ ले टस जित्यो, पहिले ब्याटिङ गर्ने

काठमाडौं- एसिया कप राइजिङ स्टार्स अन्तर्गत मंगलबारको खेलमा नेपाल र पाकिस्तान ‘ए’ बीच प्रतिस्पर्धा हुँदैछ । कतारको राजधानी दोहामा हुन लागेको खेलमा पाकिस्तानले टस जितेको छ । टस जित्दै पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपाल अब फिल्डिङमा उत्रिँदैछ ।