दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

By खबरहब

December 18, 2023

 दिनभर आजमा त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित, प्रधानमन्त्री प्रचण्ड मेयर बालेन्द्रमाथि खनिए, सर्वोच्चमा प्रस्तावित न्यायाधीशको सकियो सुनुवाइ,  आफ्नै निर्णय नमान्दा एन्फाको सिइओ बने इन्द्रमान तुलाधार, काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन, माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको ठेक्का प्राधिकरणले तोड्यो पाथीभराबाट ९८ तोला सुन संकलन सेयर बजार ३८.१४ अंकले बढ्योलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्रीद्वारा नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको ‘एक्सन रूम’बाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन(पोखरा सडकखण्डको ‘भर्चुअल’ निरीक्षण गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट १२ हजार विद्यार्थी दीक्षित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरू दीक्षित भएका हुन् ।

आफ्नै निर्णय नमान्दा एन्फाको सिइओ बने इन्द्रमान तुलाधार खुला प्रतिस्पर्धाबाट(सिइओ) नियुक्त गर्ने आफ्नै निर्णयबिपरित अखिल नेपाल फुटबल संघ ९एन्फा० को सिइओमा इन्द्रमान तुलाधार नियुक्त भएका छन् ।

आज बसेको एन्फाको कार्यसमिति बैठकले तुलाधरलाई सिइओ नियुक्त गरेको हो।

जब प्रधानमन्त्री प्रचण्ड मेयर बालेन्द्रमाथि खनिए… प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच सोमबार सार्वजनिक मञ्चमै ठाकठुक पर्‍यो । विवादको विषय थियो– बागमती किनारको सुकुम्बासी समस्या र तीनकुनेको जग्गा ।

सुरु भयो ललितपुरमा स्वास्थ्य बिमा ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य बिमा लागु भएको छ ।

ललितपुर महानगरपालिकाको १५औं स्थापना दिवसको अवसर पारेरसोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो ।

काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाको काममा केन्द्र र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् ।

आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रमुख बालेनले केही काम गर्न खोज्दा मुद्दा हाल्ने गरिएको गुनासो गरे ।

सर्वोच्चमा प्रस्तावित न्यायाधीशको सकियो सुनुवाइ, अनुमोदन बुधबार हुने सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

गत शुक्रबारबाट सुरु भएको संसदीय सुनुवाइ आज कानुन व्यवसायीवाट सिफारिस भएका वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको नाममा सुनुवाइ भएसँगै सकिएको हो ।

माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का प्राधिकरणले तोड्यो नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ ।

आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो ।

हाम्रा कारणले मात्रै ईयूले कालोसूचीमा राखेको होइन : वायुसेवा निगम नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई ईयूको कालोसूचीमा राखेको भन्ने विषय सही नभएको जनाएको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वायुसेवा निगमै कारण नेपालको हवाई उडान क्षेत्रलाई ईयूले कालोसूचीमा कालोसूचीमा राखेको विषय सही नभएको बताएका हुन् ।

पाथीभराबाट ९८ तोला सुन संकलन प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन संकलन भएको छ ।

पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन संकलन गरि तौल गरिएको तौल मूल्यांकन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताएका छन् । उनका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी संकलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन ।

सेयर बजार ३८.१४ अंकले बढ्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अंकले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।