हाम्रा कारणले मात्रै ईयूले कालोसूचीमा राखेको होइन : वायुसेवा निगम | Khabarhub Khabarhub

हाम्रा कारणले मात्रै ईयूले कालोसूचीमा राखेको होइन : वायुसेवा निगम


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई ईयूको कालोसूचीमा राखेको भन्ने विषय सही नभएको जनाएको छ । 

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वायुसेवा निगमै कारण नेपालको हवाई उडान क्षेत्रलाई ईयूले कालोसूचीमा कालोसूचीमा राखेको विषय सही नभएको बताएका हुन् ।

उनले पछिल्लो पटक नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न राख्दै पत्र ईयूबाट प्राप्त भएको जिकिर गरे । नागरिक उड्डयन प्राधिकरण नियामक निकाय भएकाले प्राधिकरणले एयरलाइन्सलाई समेटेर समस्याको समाधान गर्नुपर्ने उनले बताए ।

त्यस्तै अधिकारीले वायुसेवा निगमको जहाज सिड्नी उडाउनका लागि तयारी भइरहेको जानकारी दिए । ठूला विमानहरूले निरन्तर उडान भर्दा नियमित गर्न विमानको अभाव हुने उनको भनाइ छ । उनले बजार हस्तक्षेपका साथै सेवा विस्तार गर्न केही विमान लिजमा लिने तयारी भइरहेको जानकारी दिए ।

समितिले नेपालको हवाई क्षेत्रलाई कालोसूची राखिएको विषयमा विस्तृत रुपमा पुन निगमसँग छलफल गर्ने जनाएको छ । 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ४५ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा