काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन | Khabarhub Khabarhub

काम गर्न खोज्दा मुद्दा हालेर अल्झाउन खोजियो : बालेन


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरपालिकाको काममा केन्द्र र प्रदेश सरकारले अवरोध गरेको गुनासो गरेका छन् ।

आज ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित समारोहमा प्रमुख बालेनले केही काम गर्न खोज्दा मुद्दा हाल्ने गरिएको गुनासो गरे । उनले संघ र प्रदेशले गर्ने काम स्थानीय सरकारले गर्दा खुसी हुनुपर्नेमा झनै अल्झाउने काम भइरहेको दुखेसो पोखे ।

उनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनका लागि आवश्यक कानुन निर्माणमा सरकारले कुनै पहल नगरेको टिप्पणी गर्दै  पाँच मिनेटदेखि एक घण्टामा हुने काम पनि संघ सरकारले नगरेको आरोप लगाए ।

प्रमुख बालेनले बञ्चरेडाँडाको फोहोर व्यवस्थापनका लागि कानुनी अड्चन रहेकाले त्यसलाई फुकुवा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे । उनले काठमाडौँका खोला अतिक्रमणमुक्त बनाउन सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

प्रमुख साहले भने, ‘कुनै अतिक्रमण स्थानीय तहले रोक्न सक्छौँ तर खोला अतिक्रमण सम्माननीयज्यूले चाहनुभयो भने अर्को कार्यक्रममा जान लाग्ने समय जतिमा समाधान हुन्छ । पाँच मिनेटदेखि एक घण्टामा सकिन्छ ।’

उनले उपत्यकाको सुन्दरतालाई बढाउन उपत्यकाका सबै महानगरपालिकाको विकास एकैपटक हुनुपर्नेमा सङ्घीय र स्थानीय कानुन बाझिएका कारण असहज भएको बताए । उनले काठमाडौँ महानगरलाई उज्यालो बनाउन खोज्दा प्रदेश सरकारले मुद्दा हालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

 

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १ : ०९ बजे

परराष्ट्रले भन्यो- बङ्गलादेशमा नेपाली विद्यार्थी सुरक्षित छन्

काठमाडौं-  सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

भद्रपुर– गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको  पुँजीगतर्फ चार अर्ब ८० करोड

प्रधानमन्त्री ओलीलाई एमालेले बुझायो ३१ बुँदे सुझावपत्र (पूर्णपाठ)

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले

राष्ट्रियसभा बैठक : ‘सडक यात्रालाई सुरक्षित बनाउन विलम्ब नगरौँ’

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सडक दुर्घटनाका कारण बर्सेनि ठूलो सङ्ख्यामा नागरिकले

५ वर्षमा पनि बनेन संसद् भवन, मंसिरसम्म सक्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको काम सन्तोषजनक