तस्बिर- गेटी इमेज

अन्तर्राष्ट्रिय

अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण

By खबरहब

February 04, 2024

काठमाडौं- अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीविरुद्ध पुनः हमला गरेका छन् । लाल सागर भएर ओहोर दोहोर गर्ने पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेको बदलामा अमेरिका र बेलायतले हुथीविरुद्ध कारवाही चलाएका हुन् ।

रोयटर्सका अनुसार शनिबार अमेरिका र बेलायतले यमनका विभिन्न १३ स्थानमा रहेका ३६ वटा हुथी निशानालाई लक्षित गरी हमला गरेका छन् । केही समयअघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनामाथि हमला भएसँगै सो क्षेत्रमा तनाव बढ्दै गएको छ । यसअघि शुक्रबार अमेरिकाले सिरिया र इराकमा इरान समर्थित लडाकुलाई लक्षित गरी हमला गरेको थियो

अमेरिकी रक्षा प्रशासन पेन्टागनले पछिल्लो पटक हुथी विद्रोहीका हतियार भण्डारण, क्षेप्यास्त्र प्रक्षेपण तथा अन्य सैन्य क्षमतालाई लक्षित गरी हमला गरिएको जनाएको छ ।

पछिल्लो आक्रमणबाट हुथी विद्रोहीले अन्तर्राष्ट्रिय व्यवसायिक एवम् नौसैनिक जहाज पारवहनलाई लक्षित गरी गैरकानुनी हमला नरोके त्यसको परिणाम भोग्नुपर्ने सन्देश दिएको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जनाएका छन् ।

यता हुथी विद्रोहीका प्रवक्ता याहया सारेयाले अमेरिकी आक्रमणको जवाफ दिने चेतावनी दिएका छन् ।

यो पनि…

लाल सागरमा जहाजमाथि हुथी आक्रमण : विश्व व्यापारमै जोखिम