सिरिया र इराकमा अमेरिकी आक्रमण, ४० जनाको मृत्यु | Khabarhub Khabarhub

सिरिया र इराकमा अमेरिकी आक्रमण, ४० जनाको मृत्यु


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले सिरिया र इराकमा गरेको आक्रमणमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाले इराक र सिरियामा रहेका इरानको रिभल्युसनरी गार्ड कोर (आईआरजीसी) का निशानामा आक्रमण गरेको हो । अमेरिकाले आईआरजीसीका ८५ निशानालाई लक्षित गरी आक्रमण गरेको रोयटर्सले जनाएको छ ।

केही समयअघि अमेरिकी निशानामा इरान समर्थित लडाकुले गरेको आक्रमणको बदलामा पछिल्लो आक्रमण गरिएको हो । इराकमा सक्रिय इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सले आक्रमणमा आफ्ना १६ लडाकु मारिएको पुष्टि गरेको छ भने सिरियामा पनि २३ जना मारिएको जनाइएको छ ।

अमेरिकाले लामो दूरीको बी १ बमवर्षक विमानबाट आक्रमण गरेको जनाइएको छ । अमेरिकाले आगामी दिनहरुमा थप आक्रमण गर्ने चेतावनीसमेत दिएको छ । इजरायल र हमासबीच गत अक्टोबर ७ मा युद्ध सुरु भएयता मध्यपूर्वमा तनाव बढिरहेका बेला अमेरिकाले पछिल्लो आक्रमण गरेको हो ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमण अमेरिकाको गल्ती भएको टिप्पणी गरेका छन् । यस आक्रमणले क्षेत्रीय तनाव बढाउने र अस्थीरता पैदा गर्ने विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो आक्रमणसँगै इराकले अमेरिकी प्रतिनिधिलाई डाकेर औपचारिक विरोध जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ७ : २३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास