राजनीति

एमाले–कांग्रेस सरकारमा नागरिक उन्मुक्ति पनि सहभागी हुने

By खबरहब

July 04, 2024

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटावार्ता गरेका थिए ।

उक्त भेटवार्तामा नाउपा पनि कांग्रेस–एमालेको सरकारमा सहभागी हुने चौधरीले देउवालाई जानकारी गराएका हुन् ।

संघमा नाउपाका चार सांसद रहेका छन् । उनीहरुले प्रचण्ड सरकारलाई विश्वासको मत दिएका थिए ।

यसअघि प्रचण्ड सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई बहुमत सदस्यले दलको नेताबाट हटाएका थिए ।

श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका थिए ।

याे पनि…

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

प्रधानमन्त्रीलाई ओलीको पत्र : राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन फिर्ता लियौं