एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा | Khabarhub Khabarhub

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार साँझ समर्थन फिर्ता लिँदैसरकारमा सामेल आठ मन्त्रीले सामुहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो ।

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

संविधान अनुसार सरकारमा सहभागी दल मध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रवधान रहेको छ । तर संसदमा रहेका प्रमुख ठुला दुई दलनै नयाँ सरकार बनाउने सहमति बनाएको अवस्थामा विश्वासको मत पाउने सम्भावना नभएपछि अब प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर सरकारबाट बाहिरिने दबाब बढेको छ ।

माओवादी केन्द्रले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेपनि प्रधानमन्त्री राजीनामाको मनस्थितिमा पुगेको र संसदमा सम्बोधन गरेर राजीनामा गर्न सक्ने चर्चा पनि चलेको छ ।

याे पनि…

दुई दलको दबाब पर्दा पनि किन दिएनन् प्रधानमन्त्रीले राजीनामा ?

गुपचुपमै अनुमोदन गरियो कांग्रेस–एमाले सहमति

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  १० : १० बजे

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा