प्रधानमन्त्रीलाई ओलीको पत्र : राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन फिर्ता लियौं | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई ओलीको पत्र : राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन फिर्ता लियौं


१९ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएकौ भन्दै ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लेखेको पत्रमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरिएको उल्लेख छ ।

‘सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा गठित वर्तमान सरकारलाई नेकपा ९एमाले० को तर्फबाट मत दिई सरकारमा सहभागी भएकोमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको परिप्रेक्ष्यमा हालसम्म सरकारलाई दिँदै आएको समर्थन आजैको मितिदेखि लागू हुने गरी फिर्ता गरिएको छ’, अध्यक्ष तथा संसदीय दलका नेता ओलीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

बुधबार नै एमालेका आठजना मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका थिए ।त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए ।

मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो ।

उक्त अवधिमा प्रधानमन्त्री दाहालले राजीनामा नगरेपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न श्री दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ९ : ४४ बजे

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं – रुसको कजानमा भएको ब्रिक्स शिखर सम्मेलनपछि प्रधानमन्त्री नरेन्द्र

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा