प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड रुपैयाँ भन्दा बढी रकम हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
लेबनानका नेपालीको उद्धार तयारी, परराष्ट्रमन्त्री भन्छिन्- नाम संकलन हुँदैछ
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरेल र लेबननको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिटै उद्धार गरिने बताएकी छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेशन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी राणाले त्रिभुवन विमानस्थलमा यस्तो बताएकी हुन् ।
मन्त्री यादवद्वारा सिस्नेरी खानेपानी आयोजना कार्यान्वयनमा जोड
खानेपानीमन्त्री प्रदीप यादवले सिस्नेरी खानेपानी आयोजनालाई चाँडो कार्यान्वयनमा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बद्ध पक्षलाई निर्देशन दिएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) द्वारा आज आयोजित फोहर पानी निगरानी प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री यादवले जतिसक्दो छिटो वैकल्पिक स्रोतका रूपमा रहेको सिस्नेरी खानेपानी आयोजना सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
‘विपत् र चाडपर्व एकसाथ आउँदा जहाजमा यात्रुको चाप बढ्यो’
संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाईजहाजमा चाप बढेको बताएका छन् ।
शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।
बाढीपहिरोबाट क्षतिग्रस्त पुल र सडक स्थायी रुपमा निर्माण गर्न २५ अर्ब लाग्ने
अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रूपमा पुनः स्थापना गर्न २० देखि २५ अर्ब रुपैयाँ बराबर लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रूपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिए ।
बाढीपहिरो प्रभावित पालिकालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सिफारिस
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढीपहिरोबाट क्षतिग्रस्त स्थानीय पालिकाहरूलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले काभ्रे, मकवानपुर, सिन्धुली, रामेछाप लगायतका बाढीपहिरोबाट बढी प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बागमतीमा ‘कार्डलेस लाइसेन्स’लाई मान्यता, अब क्युआर कोडबाटै कारबाही र जरिवाना
बागमती प्रदेशभर कार्डलेस सवारी साधन अनुमति पत्रलाई मान्यता दिइएको छ ।
बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले लामो तयारीपछि कार्डलेस लाइसेन्सलाई मान्यता दिएको हो ।
शंकर पोखरेलको स्षप्टीकरण : प्रधानमन्त्रीले अंग्रेजी नजानेर ‘डाँफेज’ र ‘गैंडाज’ भन्नु भएको होइन
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री ओलीले अमेरिकामा अङ्ग्रेजी भाषण दिने क्रममा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन् ।
प्रचण्डको निष्कर्ष : बाढीपहिरो पीडितको उद्धारमा चुकेको सरकार राहतमा पनि असफल
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौसमबारे पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रले तत्काल उद्धारमा पहल गर्न नसकेको बताएका छन् ।
उनले केन्द्रले संघीय राजधानीमा समेत तत्काल उद्धार गर्न गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन दिन नहुने बताएका छन्।
यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता
वस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन आवश्यक : प्रचण्ड
चितवन पुगेर रविले भने- दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन्
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले दशैंपछाडि मुद्दा लगाउने तयारी गरिरहेको बताएका छन् ।
चितवनको इच्चाकामना गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
सुनुवाइमा सहभागी एकजना युवाले संसद्मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिएको सुझावको जवाफ दिने क्रममा रविले यसो भनेका हुन् ।
रविलाई उनकै निर्वाचन क्षेत्रमा सहकारी पीडितको कालोझण्डा
बाढीपहिरोपछि काम गर्दैन मोबाइल नेटवर्कले, रास्वपाले गरायो सरकारको ध्यानाकर्षण
मधेश प्रदेश सरकारलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह
मधेश प्रदेश सत्ता गठबन्धनले प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार कोषमा सहयोग प्रदेश सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको मधेश प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकारलाई ५१ लाख रुपैयाँ सहयोग गरिदिन आग्रह गरेको हो ।
चीनले पठाएको राहत सामग्री टेकुमा बाढीपीडितका लागि हस्तान्तरण
नेपालमा गत साता आएको बाढीबाट प्रभावितहरूका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत शुक्रबार टेकुमा बाँडिएको छ ।
बाढीपहिरो र डुबान पीडितलाई सीपीसीले पठाएको राहत सामाग्री काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेलामार्फत हस्तान्तरण गरिएको हो ।
अन्तर्राष्ट्रिय…
भारतीय विदेशमन्त्री एस. जयशङ्कर पाकिस्तान जाने
इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौं प्रक्षेपण
इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल
इजरायली आक्रमणको डरले हिजबुल्लाह प्रमुखको गोप्य रुपमा अन्त्येष्टि
दक्षिणी लेबनानका ३० भन्दा बढी क्षेत्र खाली गर्न इजरायली सेनाको आग्रह
रुससँग मिलेर चीनको कोस्ट गार्ड पहिलो पटक आर्कटिकमा, अमेरिका चिन्तित्
खेलकुद…
विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खेल्ने
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो