‘विपत् र चाडपर्व एकसाथ आउँदा जहाजमा यात्रुको चाप बढ्यो’ | Khabarhub Khabarhub

‘विपत् र चाडपर्व एकसाथ आउँदा जहाजमा यात्रुको चाप बढ्यो’


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाड सँगै आएका कारण हवाईजहाजमा चाप बढेको बताएका छन् ।

शुक्रबार त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यसो भनेका हुन् ।

‘विपत् र चाडहरू एकसाथ आएका कारण जहाजतर्फ चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने कुरामा निरन्तर काम गरिरहेका छौँ’, उनले भने ।

मन्त्री पाण्डेले यात्रुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पनि बताएका छन् ।

पर्यटन मन्त्रालयसम्बद्ध संस्कृति,पर्यटन र हवाई नीति परिमार्जनका क्रममा रहेको बताउँदै ऐन नियम बनाएर सुदृढीकरण गर्ने जानकारी दिए ।

मन्त्री पाण्डेले ट्रेड युनियन लगायतका संघ,संस्थाले सत्यतथ्य कुरा मात्रै पस्किनु पर्नेमा जोड दिए । नेपालको हवाई आकाश सुरक्षित रहेको सन्देश दिनसमेत आग्रह गरे ।

मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

उनले त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थल टावरकोसमेत अवलोकन गरे ।

 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : १० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ