चितवन पुगेर रविले भने- दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन् « Khabarhub

चितवन पुगेर रविले भने- दशैंपछि मलाई मुद्दा लगाउने तयारी गर्दैछन्

मतदाताले भने- गगन थापाविरुद्ध मानहानीको मुद्दा हाल्नुस्


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


963
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले दशैंपछाडि मुद्दा लगाउने तयारी गरिरहेको बताएका छन् ।

चितवनको इच्चाकामना गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

सुनुवाइमा सहभागी एकजना युवाले संसद्‍मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिएको सुझावको जवाफ दिने क्रममा रविले यसो भनेका हुन् ।

तनहुँस्थित रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्रका प्रकाश श्रेष्ठले गगनलाई मानहानीको मुद्दा लगाउन रविलाई सुझाएका हुन् ।

श्रेष्ठले सहकारी ठगेको प्रमाण भन्दै खाली कागज देखाएर संसद् अवरुद्ध गर्नेले छानबिन समितिलाई प्रमाण दिन नसकेको भन्दै रविले क्लिन चिट पाइसकेको पनि जिकिर गरे ।

‘रवि लामिछानेले सहकारी ठगेको जसरी गरिमामय संसद् घेराबन्दी गरेर , घोक्रो फुलाई फुलाई खाली कागज देखाएर, प्रमाण मसँग छ भनेको सुनेका थियौँ । संसदीय छानबिकन समितिले तिमीसँग प्रमाण छ भने लेऊभन्दा खाली कागज देखाउने पात्रलाई किन मुद्दा हाल्नु हुन्न ?’, श्रेष्ठले महामन्त्री थापातिर लक्षित गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका रविसँग भने, ‘तपाईंले अहिले त्यो खाली कागज देखाउने पात्रलाई मानहानीको मुद्दा हाल्नुभएन भने अन्यलाई पनि उसले फसाउने षडयन्त्र गर्न सक्छ । खाली कागज देखाउनेलाई मानहानीको मुद्दा हाल्नुस् ।’

त्यसपछि आफूले गगनलाई मानहानीको मुद्दा होइन, दशैंपछाडि आफूविरुद्ध सरकरारले मुद्दाको तयारी गरिरहेको दाबी गरे । गगनसहित सरकारका मान्छेहरूले नै आफूलाई मुद्दा हाल्न अनेक उपाय खोजिरहेको बताए । तर आफूले सहकारी ठगीमा क्लिन चिट पाइसकेकाले सत्यको अगाडि कसैको केही नलाग्ने पनि रविले जिकिर गरे ।

‘कहाँ मानहानीको मुद्दाको कुरा गरेको ? दशैँपछाडि मलाई मुद्दा लगाउने तयारी गरिरहेका छन्’, उनले भने, ‘अहिलेबाटै मुद्दा लगाउने कोसिस भइरहेको छ । दशैँ मानेर मलाई मुद्दा हाल्ने गरी तयारी भएको सुनेको छु ।’

लामिछानेले सुनुवाइका क्रममा अन्य पार्टीका नेताहरूले वषौँसम्म केही नगरेको जिकिर गरे । रास्वपा आएको केही समयमै चितवन क्षेत्र नम्बर २ मा पनि उल्लेख्य काम भएको दाबी लामिछानेले गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : ५७ बजे

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया– जिल्लामा यस वर्ष किसानले खेती गरेको गहुँ बाली मौसम

निजी क्षेत्रलाई बोलाएर रवि लामिछानेले दिए १० सन्देश

काठमाडौं- पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता

अग्लो डोजर नहुँदा रोकियो कपन गुम्बा क्षेत्रको अभियान

काठमाडौं– डोजरको उचाइ पर्याप्त नभएका कारण कपन गुम्बा क्षेत्रमा भत्काउने

सरकारसँग तर्सिएका व्यवसायी फकाउँदै रविले भने : डराउनु पर्दैन, दुःख दिन चाहँदैनौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी