फाइल तस्बिर

राजनीति

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा

By खबरहब

January 07, 2024

काठमाडौं- नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनको बारेमा उम्मेदवार टुङ्ग्याउन अनौपचारिक छलफल गरिरहेको छ । एमाले अध्यक्ष ओलीले विभिन्न प्रदेश तथा सचिवालयका नेताहरूसँग अनौपचारिक छलफल गरिरहेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले खबरहबलाई भने, ‘बागमतीबाट ४ जनाको नाम आएको छ । अन्य प्रदेशबाट पनि आउँछ । आज बेलुकासम्म १९ वटा नाम फाइनल हुन्छ ।’

उनले एमालेले १९ नै उम्मेदवारको नाम आजै फाइनल गर्ने बताए । राष्ट्रियसभा निर्वाचनमा एमाले भर्सेस गठबन्धन हुने पक्का भएको छ ।

राष्ट्रियसभा निर्वाचनको २३ गते भोलि मनोनयन हुँदैछ। निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

१९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ । १ जना सांसद सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !