राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले टुङ्ग्यायो बागमतीको उम्मेदवार

By खबरहब

January 07, 2024

काठमाडौं– माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले बागमती प्रदेशका उम्मेदवार टुङ्गो लगाएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको एमालेले बागमतीबाट चार जनाको नाम टुङ्गो लगाएको हो ।

राष्ट्रियसभाका लागि एमालेले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुङ्गो लगाएको बताइएको छ । राष्ट्रियसभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

यो पनि…

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि शेरबहादुर, शेखर र गगनबीच छलफल

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा