राजनीति

देउवाले ३ भन्दा बढी सिट दिन्न भनेपछि बैठकबाट निस्किए शेखर–गगन

By खबरहब

January 07, 2024

काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसका संस्थापन र संस्थापनइतर समूहका नेताहरू केन्द्रीय कार्यसम्पादन समिति बैठक सारेर आन्तरिक छलफलमा छन् ।

सभापति देउवा निवासमा इतर समूहका नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा, प्रमुख सचेतक रमेश लेखक, उपसभापति पूर्णबहादुर खड्कालगायतको बैठक बसेको थियो ।

सभापति शेरबहादुर देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू छन् ।

बैठकमा कांग्रेस संस्थापनइतर समूहले ४ सिट मागेका थिए । तर, सभापति देउवाले ३ सिट मात्र दिन्छु भन्ने अडान लिएका थिए ।

त्यसपछि पनि छलफल भएको थियो तर छलफलमा निष्कर्ष नजुटेपछि देउवा निवासबाट संस्थापन इतर समूहका नेताहरू निस्किएका हुन् ।

दुई समूहको विवाद नमिलेपछि कांग्रेस कार्यसम्पादन समितिको बैठक ४ बजेलाई सारिएको छ । यसैबीच शेखर–गगन समूहकाे छुट्टै बैठक विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बसिरहेकाे छ ।

 

गठबन्धनलाई राष्ट्रियसभामा भागबन्डा मिलाउन सकस, साना दललाई पुगेन भाग

माओवादीले राष्ट्रियसभामा तीन महिला र तीन पुरुष पठाउने, यी हुन् उम्मेदवार

गठबन्धनले राष्ट्रपतिले मनोनीत गर्ने सिटमा जनमोर्चाकी उपाध्यक्ष पौडेललाई पठाउने !

राष्ट्रियसभा निर्वाचन : एमाले अध्यक्ष ओली अनौपचारिक छलफलमा