समाचार

 आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि अर्थमन्त्री पुनको चेतावनीसम्म

By खबरहब

March 07, 2024

 दिनभर आजमा  संसद्मा महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन पेस, सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँ : प्रधानमन्त्री, दुर्गा प्रसाईँलाई लक्षित गर्दै वर्षमानले भने- बैंकको ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छ, उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट, जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री, रेशम चौधरी अध्यक्ष हुन अयोग्य रहेको आयोगको ठहर, सहकारी ठगी प्रकरणमा फरार जीबी राई प्रहरीको नियन्त्रणमालगायत रहनेछन् ।

संसद्मा महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन पेस प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९(८० पेस भएको छ । सभाको आजको बैठकमा समितिका सभापति किरणकुमार साहले उक्त प्रतिवेदन पेस गरे।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ३० गते बिहान ११ बजे बस्नेछ ।

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँ: प्रधानमन्त्री

रूस जाँदा ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्रीको यही चालले पाँच वर्षमा १३ पटक गठबन्धन फेरिन्छ : कांग्रेस

गठबन्धन तोडेर प्रधानमन्त्रीले विश्वासघात गरे: कांग्रेस

यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्छ: उपाध्यक्ष पौडेल

प्रधानमन्त्रीलाई प्रश्न-तपाईंले धोका दिएका दल एक ठाउँमा उभिए कहाँ पुग्नुहुन्छ?

नयाँ गठबन्धन निरन्तर जान्छ :सांसद पौडेल

प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँ : सांसद परियार

दुर्गा प्रसाईँलाई लक्षित गर्दै वर्षमानले भने

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा बैंकर्सहरुसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्न हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने बताए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बैंकको ऋण नर्तिन भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्वद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको पुनले जानकारी दिए ।

शान्ति प्रक्रियाका विषयमा दलहरूबीच मतभेद छैन : अर्थमन्त्री पुन

गठबन्धन परिवर्तनले भारतलाई फरक पर्दैन: राजदूत

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री श्रेष्ठसँग भारतीय राजदूतको भेट

जसपाबाट उपेन्द्र यादव स्वास्थ्यमन्त्री र सुडी वनमन्त्री, कार्की राज्यमन्त्री

अन्तरनिकाय बजेट बाँडफाँडलाई निरन्तरता दिन्छौँ : मन्त्री धनबहादुर बुढा

प्रधानमन्त्रीले एकपक्षीय ढंगले गठबन्धन तोड्नुभयो : कांग्रेस

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९(८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरे।

बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराएका थिए ।

रेशम चौधरी अध्यक्ष हुन अयोग्य रहेको आयोगको ठहर

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शर्मालाई

राजा र प्रजातन्त्र सँगसँगै रहनुपर्छ : कमल थापा

महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा

सहकारी ठगी प्रकरणमा फरार जीबी राई प्रहरीको नियन्त्रणमा सहकारी ठगी प्रकरणमा मुछिएका ग्यालेक्सी टिभीका सञ्चालक जीबी राई सिङ्गापुरमा रहेको खुलेको छ । मलेसियाबाट सिंगापुर भागेका उनी प्रहरीको नियन्त्रणमा रहेको स्रोतले बतायो ।

नेपाल प्रहरीको उच्च स्रोतका अनुसार रवि लामिछाने गृहमन्त्री बन्नु अगावै राई प्रहरीको नियन्त्रणमा आइसकेका थिए । नेपाल ल्याउने प्रक्रियामै भएका कारण उनको गिरफ्तारी सार्वजनिक गरिएको थिएन ।

पोखरास्थित सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राई विरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी भएको थियो ।

कीर्तिपुर–१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

काठमाडौंको सुरक्षामा ‘इ–क्यूआरटी’ परिचालित

कञ्चनजङ्घा हिमशृङ्खला क्षेत्र : लयमा फर्किँदै पर्यटकको आगमन

कामपाले पुनःसुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

अन्तर्राष्ट्रिय…

चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलंकाका पूर्वराष्ट्रपतिको दाबी श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गरेका छन् ।

टापु मुलुक श्रीलंकाको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक संकटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उनको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए ।

चीनद्वारा छ युरोपेली देशका लागि भिसा-मुक्त नीति घोषणा

रुसी सेनासँगै लड्ने एक नागरिकको मृत्यु भएको भारतको पुष्टि

गाजा युद्ध ‘सभ्यताको अपमान’ : चिनियाँ विदेशमन्त्री

सन् २०२४ को पहिलो दुई महिनामा चीनको निर्यातमा वृद्धि

विशेष दर्जा कटौतीपछि भारतीय प्रधानमन्त्रीको पहिलो कास्मिर भ्रमण