समाचार

आजका समाचार : भारतीय प्रधानमन्त्री मोदीको शपथ, मधेशमा मन्त्रिपरिषद् विस्तार

By खबरहब

June 09, 2024

प्रधानमन्त्री दाहाल नयाँदिल्ली पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

हिन्दी भाषाले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ बनाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

माधव नेपालको चिन्ता- अध्यादेशबाट हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र हुँदैछ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्‍याउने षड्यन्त्र भइरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रस्तुत हुने दस्तावेजमा आधारित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष नेपालले यसो भनेका हुन् ।

मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सिंहले आइतबार आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री सिंह भन्छन्- कार्यविधि बनाएर विकास निर्माणमा उपभोक्ता समिति हटाऊँ

उपेन्द्र यादवको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ ।

यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश दिएको हो ।

कोशी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेको छ ।

रिटको सुनुवाइका लागि आज न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, सुनिलकुमार पोखरेल र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेशी तोकिएको थियो ।

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ ।

गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरे ।

राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

आइतबार बिराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा मन्त्री लामिछानेले लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु र चुहावट बढ्नुका कारणबारे जानकारी हुँदाहुँदै पनि सरकारी निकायबीचको समन्वय र सम्बद्ध अधिकारीकै तदारुकता अभावमा लक्ष्यअनुसारको प्रतिफल प्राप्त नभएको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा सञ्चालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबारबाट सुरु भएको छ ।

मेलाको उद्घाटन गदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलता र रोजगारीको लागि अहिले अति आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री भण्डारी भन्छन्- देशभित्रै रोजगारी बढाउन श्रमाधान मेला महत्त्वपूर्ण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए ।

सुरक्षित बैंकिङ कारोबार गर्न नेपाल प्रहरीको आग्रह

नेपाल प्रहरीले सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको छ । नेपालमा निरन्तर बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको भन्दै सुरक्षित रूपमा बैंकिङ कारोबार गर्न आग्रह गरेको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले नियतवश वा अनजानमा बैंकिङ कसुरका घटनाहरू बढ्दै गएको जानकारी दिए ।

उपत्यकाका आठ लाख बढी सवारीचालक कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई कारबाही गरेको हो ।

भन्सार छलेको करिब डेढ सय ग्राम सुनसहित एयरपोर्टबाट चारजना पक्राउ

भन्सार छलेर अवैध रूपमा ल्याएको सुनसहित प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट केहीलाई पक्राउ गरेको छ ।

भन्सार छलेको सुन संकलन गरी लैजान लागेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

कर्णालीको पुलमा फसेकामध्ये दुई खच्चड मरे, आठवटालाई जीवितै निकालियो

कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको छ ।

अर्थसंक्षेप : विश्वबैंकको हालसम्मकै ठूलो बैठक नेपालमा, सुन र शेयर दुवैको मूल्य घट्यो

अन्तर्राष्ट्रिय…

मोदीको शपथ : रजनीकान्त, अनुपम खेरदेखि अनिल कपुरसम्म दिल्ली पुगे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा बलिउडदेखि दक्षिण भारतीय स्टार कलाकारहरू दिल्ली पुगेका छन् ।

मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बन्नै लाग्दा भारतीय जनता पार्टीमा उत्साहको माहोल छ । अर्कातिर उनलाई समर्थन गर्ने फिल्मी कलाकार पनि धमाधम दिल्ली पुग्दै छन् ।

गाजामा युद्धका कारण मृत्यु हुनेको सङ्ख्या ३७ हजार ८४ पुग्यो

इजरायल र प्यालेस्टिनीबिच आठ महिना भन्दा बढीको युद्धमा गाजा क्षेत्रको ३७ हजार ८४ को मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

नुसिरात शरणार्थी शिविरमा शनिबार इजरायली आक्रमणमा कम्तीमा दुई सय ७४ जनाको मृत्यु भएको छ भने जसमा चार बन्धकहरूलाई जीवित उद्धार गरिएको हो ।

गाजाको नुसिरात शिविरमा इजरायली हमलाप्रति इजिप्टको कडा निन्दा

क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् ।

प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ । उनी पछिको मितिमा ओन्टारियोको ब्राम्प्टनको अदालतमा उपस्थित हुन भनेको छ ।

खेलकुद…

मैदानमा उत्रिँदै भारत र पाकिस्तान, यस्तो रोचक थियो विश्वकपमा पहिलो भिडन्त

विश्वकपमा वेस्ट इन्डिजको ऐतिहासिक जित : युगान्डा ३९ रनमा समेटियो

आईसीसी टी-२० विश्वकप वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डा ३९ रनमा समेटिएको छ।

टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै १७३ रन बनाएको थियो। १७४ रनको लक्ष्य पछ्याएको गुगान्डा १२ ओभरमा सबै विकेट गुमाएर ३९ रनमा समेटिएको हो। युगान्डाले पावर प्लेमा मात्र ५ विकेट गुमाएर २२ रन जोड्न सक्यो। १० ओभरमा युगान्डाले ८ विकेट गुमाएर मात्र ३१ रन बनायो। युगान्डाका लागि वेस्ट इन्डिजविरुद्ध जुमा मियागीले १३ रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।