भन्सार छलेको करिब डेढ सय ग्राम सुनसहित एयरपोर्टबाट चारजना पक्राउ | Khabarhub Khabarhub

भन्सार छलेको करिब डेढ सय ग्राम सुनसहित एयरपोर्टबाट चारजना पक्राउ


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भन्सार छलेर अवैध रूपमा ल्याएको सुनसहित प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट केहीलाई पक्राउ गरेको छ ।

भन्सार छलेको सुन संकलन गरी लैजान लागेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

करिब २५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पहेँलो धातुको काँचो डल्लोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङको केराबारी गाउँपालिका-९ बस्ने ३१ वर्षीय सरोज कोइराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम छन् ।

कतार एयरको उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ परेका हुन् ।

यसैगरि भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेँलो धातुको सिक्री १ थानसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्‍गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक नगरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिंया रहेका छन् ।

कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  २ : २८ बजे

भक्तपुरमा भेटियो ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरा

भक्तपुर– युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे

विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण

गण्डकी– गण्डकी प्रदेश सरकारको लगानीमा बितेका ६ वर्षमा ६३ झोलुङ्गे

सिरहाको बलान नदीमा अस्थायी तटबन्ध निर्माण गरिँदै

सिरहा– सिरहा र सप्तरी जिल्लाको सिमाना रहेको बलान नदीको पूर्वी

बागमती प्रदेशसभामा आजदेखि बजेटमाथि छलफल

हेटौँडा– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक बिहान ११