समाचार

 आजका समाचार : प्रतिनिधिसभा बैठकदेखि गृहमन्त्रीको निर्देशनसम्म

By खबरहब

March 20, 2024

प्रतिनिधिसभा: छानबिन समिति गठनको माग प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गरेका छन् ।

बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गरिन् ।

अप्ठ्यारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उनले छानबिन समिति गठनको माग गरिन्।

पूर्वाग्रह र दबावका आधारमा राजीनामा माग्ने काम गैरजिम्मेवार

मुलुकमा समृद्धिको यात्रालाई गति दिन सरकार प्रतिबद्ध :अर्थमन्त्री पुन

आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छ : डा महत

दिगो विकासका लक्ष्य हासिल गर्ने गरी बजेट तर्जुमा गरिन्छ : अर्थमन्त्री पुन

बजेट अर्थमन्त्रालयको नियन्त्रणमा मात्रै हुनुहुँदैन : सांसद ज्वाला

प्रतिनिधिसभा : छोटी भन्सारबाट सहज आवात-जावतको माग

इन्जिन बिग्रिएको सरकारले गियर फेर्दैमा परिवर्तन हुँदैन : सांसद खतिवडा

प्रधानमन्त्रीसँग आईसीसीका अध्यक्षको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष जर्ज बार्क्ले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए।

‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यु–१९ वुमन व्रल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

चैतभित्र विद्यालयमा पुस्तक पुर्‍याउन केन्द्रलाई मन्त्रालयको निर्देशन

उपनिर्वाचन : इलाम-२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

सेवा प्रवाहमा तत्काल सुधार गर्न गृहमन्त्रीको निर्देशन

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन रुसको अरुचि

विपद् जोखिम वित्त पोषण कार्यक्रममा सुधार आवश्यक: युएनडिपी प्रतिवेदन

निकुञ्ज तथा आरक्ष क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सरकार सकारात्मक वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रमा वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न सरकारका सकारात्मक रहेको बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले निकुञ्ज र आरक्षभित्रका अति संवेदनशील क्षेत्रबाहेक अन्य स्थानमा उपयुक्त वातावरणीय सुरक्षा अवलम्बन गरी स्थानीय जनतालाई सेवा सुविधा प्रदान गरिने बताए।

निकुञ्ज र अरक्षमा आश्रित आदिवासी जनजाति, सुकुम्बासीलाई जन्मस्थलमै परम्परागत पेसा गर्न दिने विषयलाई प्रस्तावित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीमा समावेश गरिएको तथा परम्परागत पेसा छाडी नयाँ जीविकोपार्जनका उपाय अवलम्बन गर्नेलाई सरकारी योजना तथा विकास साझेदारसँग सहकार्य गरी सीप र उद्यम विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री साहले बताए।

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारलाई राष्ट्रियसभा सदस्यको सुझाव

सुरक्षित कारोबार विधेयक दफावार छलफलका लागि समितिमा

एमालेले देश बनाउने संकल्प पुरा गर्नेगरी काम गर्छ :ओली

बजेट अर्थमन्त्रालयको नियन्त्रणमा मात्रै हुनुहुँदैन : सांसद ज्वाला

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा : मन्त्री शर्मा

नेपाली समाजको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय :राष्ट्रपति पौडेल

एकीकृत समाजवादीले उपनिर्वाचनको उम्मेदवारीबारे छलफल गर्ने नेकपा एकीकृत समाजवादीले बैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारको तय गर्न गठबन्धनहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धनदलहरुसंग छलफल छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रीय कमिटीहरुसंग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनले बताए ।

अर्घाखाँचीमा बाली जोगाउन भोटे कुकुर वितरण

‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु

स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न कानुन बनाउने सहमति

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौंमा वर्षा

आफ्नै छोराले गरे बाबुको हत्या

पाकिस्तानका राष्ट्रपति जरदारीकी छोरी आसिफा राजनीतिमा प्रवेश पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीकी कान्छी छोरी बिबी आसिफा भुट्टो जरदारी औपचारिक रूपमा पाकिस्तानको राजनीतिमा प्रवेश गरेकी छन्।

राष्ट्रपति भएपछि जरदारीकी पिताले खाली गरेको राष्ट्रिय सभाको सिटका लागि उम्मेदवारी दिएर उनले पाकिस्तानमा औपचारिक रूपमा राजनीतिक जीवनको थालनी गरेकी हुन् ।

सिन्ध प्रान्तको एनए–२०७ निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि आसिफाले आइतबार उम्मेदवारी दर्ता गराएकी छन् ।

सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु, ३७ घाइते

पाकिस्तानमा ग्यास विस्फोट, १० श्रमिकको मृत्यु भएको आशंका

भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा

इजराइली रक्षामन्त्रीले अमेरिकाको भ्रमण गर्ने

बंगलादेशको चालु खाता सञ्चिति तीन अर्ब अमेरिकी डलरभन्दा बढी

दक्षिण कोरियाली ट्यांकर जापान नजिकै पल्टिँदा सात बेपत्ता