आफ्नै छोराले गरे बाबुको हत्या | Khabarhub Khabarhub

आफ्नै छोराले गरे बाबुको हत्या


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक गरेको छ। सप्तरीको सप्तकोसी नगरपालिका-३ सखबनी नयाँ बस्तीका २२ वर्षीय लालदेव सदाले बन्चरो प्रहार गरी ४५ वर्षीय बुबा हिराई सदाको बुधबार हत्या गरेका हुन्।

बिहान ८ बजेतिर घरायसी विवादमा बन्चरो घाँटीमा प्रहार गर्दा हिराईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता डुण्डिराज नेउपानेले जानकारी दिए।

आरोपी लालदेबले छिमेकी ६५ वर्षीय दसन सदालाई पनि बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहारले उनको टाउको र हातमा चोट लागेको छ। अहिले उनको फतेपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

आरोपी लालदेवलाई बन्चरोसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको पाण्डेको भनाइ छ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : ३५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’