फाइल तस्वीर

समाचार

आजका समाचार : बनाइनसक्दै धरहरा चढ्न पाइने, त्रिविमा एमाले-कांग्रेस टकराव र रास्वपा ओर्लियो स्थानीय तहमा 

By खबरहब

August 21, 2024

केपी ओली भन्छन्- मलाई यो उमेरमा प्रधानमन्त्री हुनु थिएन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउनका लागि आफूले प्रधानमन्त्री पद सम्हाल्नुपरेको बताएका छन् ।

स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाले काम गर्नुपर्ने बताए ।

उनले स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने अवस्था बनाउने पनि बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन उनले जोड दिए ।

पुनर्निर्माण अधुरै रहेको धरहरा सर्वसाधारणका लागि खुलाइँदै

शिक्षामन्त्रीले फेसबुकबाटै गुहार माग्ने गरी के भएको हो त्रिविमा ?

मन्त्री पाण्डेको निर्देशन- कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नू

उपप्रधानमन्त्री सिंहले भने- धरहरा खुला गर्ने तयारी भइरहेको छ

वनको समस्या समाधान गर्न ऊर्जा मन्त्रालय सक्रिय

प्रधानमन्त्री र दक्षिण कोरियाली राजदूतबीच भेट

स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

अख्तियारको क्षेत्राधिकारमा विवाद, गृहमन्त्री भन्छन् चाँडै टुङ्ग्याऊँ

रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी मंसिरमा गर्न लागिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ।

देशभरमा ३५ रिक्त स्थानीय तहहरूमा रास्वपाले सहभागिता जनाउने निर्णय लिएको पार्टी प्रवक्ता मनिष झाले खबरहबलाई बताए ।

‘आजको बैठकले स्थानीय तह उपनिर्वाचनमा रास्वपा सहभागी हुने निर्णय गरेको छ। यो हामी सबैको साझा निर्णय हो’, उनले भने, ‘स्थानीय तहमा पनि पार्टी बलियो बनाएर संगठनात्मक स्वरूपलाई पनि बिस्तार गर्दै निर्वाचनमा सहभागी हुनेछौं।’

रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने

विर्तासिटी अस्पतालबाट एक थुनुवा फरार

त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग

माओवादीको प्रदेशस्तरीय परामर्श समितिको बैठक सुरु

नागढुङ्गा नजिक पहिरो खस्यो, यातायात सेवा ठप्प काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार नागढुङ्गा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो ।

काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारिसाधन ठप्प छन् । अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ ।

नागढुङ्गामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेको छ भने आउने सवारिसाधन पिप्लामोडभन्दा तलै रोकेको छ ।

पोखराबाट काठमाडौं उडेको बुद्धको जहाज भैरहवा पुग्यो

नारायणगढ–मुग्लिन खण्डमा गुडिरहेको माइक्रोमाथि ढुंगा खस्दा दुईजना घाइते

गण्डकीमा लामखुट्टेको वासस्थान नष्ट अभियान

गोसाइँकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यापर्यटनबाट बढी राजस्व

धनुषामा तीन सय ७७ उद्योग बन्द, नौ हजारभन्दा बढी कामदार बेरोजगार

पाकिस्तानी संसद्‍ भवनमा मुसा आतंक, चपाइदिए महत्त्वपूर्ण कागजपत्र पाकिस्तानको संसद् यसबेला एउटा अनौठो समस्यासँग जुधिरहेको छ । यो समस्यामा त्यहाँका नेताहरूको कुनै संलग्नता छैन । यहाँको खास समस्या संसद् भवनभित्र मुसाका कारण उब्जिएको हो ।

मुसाले नयाँ सांसदहरूका लागि डरको वातावरण बनाइदिएका छन् । मुसाको आतंक संसद्‍ भवनभित्र नेताहरूको कार्यालयमा देख्न पाइएको छ ।

यस समस्य जब पत्ता लाग्यो तब एक आधिकारिक कमिटीले सन् २००८ मा बसेको बैठकको एक निर्णय देखाउन भन्यो । जब त्यो फाइल निकालियो तब त्यसलाई आधाभन्दा धेरै मुसाले खाइदिएर धुलोमा परिणत गरेको भेटियो ।

रूसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित

लेबनानविरूद्धको इजरायली आक्रमणबाट फताह समूहका स्थानीय नेताको मृत्यु

जापानले भारतीय नौसेनालाई अत्याधुनिक एन्टेना प्रदान गर्ने

ह्यारिसलाई राष्ट्रपति स्वीकार्न अमेरिका तयार भइसक्यो : बाराक ओबामा

भारतले अगस्ट २३ मा राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने

गाजामा इजरायली आक्रमण : हालसम्म १७० पत्रकारले ज्यान गुमाए

इरानमा तीर्थयात्री सवार बस दुर्घटना, २८ जनाको मृत्यु

पाकिस्तानका कारागारको अवस्था दयनीय, महिला कैदी झन समस्यामा

चीनको एक कोइला खानीमा दुर्घटना हुँदा सात जनाको मृत्यु, एक बेपत्ता

भारतीय प्रधानमन्त्री मोदी पोल्याण्ड प्रस्थान