पाकिस्तानका कारागारको अवस्था दयनीय, महिला कैदी झन समस्यामा | Khabarhub Khabarhub

पाकिस्तानका कारागारको अवस्था दयनीय, महिला कैदी झन समस्यामा


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा कारागारको अवस्था दयनीय रहेको पाइएको छ । पाकिस्तानका कारागारमा अत्यधिक भीड हुने गरेको भन्दै बारम्बार आलोचना हुने गरेको छ । त्यसबाहेक आधारभूत आवश्यकतासँगै सरसफाइको पनि कमी रहेको बताइन्छ ।

पाकिस्तानी कारागारको दयनीय अवस्थाका करणले त्यहाँ राखिएका खासगरी महिला कैदीलाई समस्या पर्दै आएको छ । इस्लामखबरका अनुसार पाकिस्तानको कुल कारागार क्षमता ६६ हजार ९९ जना रहेको छ । तर हाल त्यहाँ १ लाखभन्दा धेरै कैदीबन्दी रहेका छन् ।

अमेरिकाले आधारभूत संरचनाको अभावका कारण कुनै आरोप लागेर हिरासतमा रहेका बन्दी र अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैदीलाई एकै ठाउँमा राख्ने गरेको भन्दै पाकिस्तानी कारागार विभागले आलोचना गरेको थियो । त्यसबाहेक पाकिस्तानमा साना अपराध गरेका कैदी र हिंसात्मक अपराधमा संलग्न कैदीलाई एउटै कारागारमा राख्ने गरिएको छ ।

पाकिस्तानका कतिपय कारागारमा क्षमताभन्दा २०० प्रतिशत धेरै बन्दीहरू राखिएको छ । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचका अनुसार सबैभन्दा भीडभाडयुक्त कारागार हुने मुलुकको सूचीमा पाकिस्तानको पनि नाम आउँछ । 

त्यसबाहेक पाकिस्तानका अधिकांश कारागारमा कैदीलाई यातना समेत दिने गरिएको छ । कारागारमा रहेका महिला कैदीबन्दीमाथि कारागार प्रशासनका अधिकारीबाटै यौन दुर्व्यवहार समेत हुने गरेको संयुक्त राष्ट्रसंघको लागूऔषध तथा अपराध कार्यालयको अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ४ : १७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले