रूसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित « Khabarhub

रूसको कुर्स्क क्षेत्रमा स्थानीय तहको निर्वाचन स्थगित


५ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

मस्को– रूसले युक्रेनी सेनाले दुई साताअघि आक्रमण सुरु गरेको कुर्स्क क्षेत्रका सात वटा नगरपालिकाको निर्वाचन स्थगित गर्ने घोषणा गरेको छ । रूसी निर्वाचन आयोगले बुधबार टेलिग्राममार्फत मतदान स्थगित गरिएको जानकारी गराएको छ । 

निर्वाचन आयोगले ‘मतदाताको सुरक्षाको पूर्ण प्रत्याभूति’ भएपछि त्यहाँ मतदान हुने बताएको छ तर अर्को हप्तादेखि सुरु हुने क्षेत्रीय गभर्नरको निर्वाचन बाँकी क्षेत्रमा योजनाअनुसार नै हुने जनाएको छ ।

पछिल्लो दुई हप्तामा युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आफ्नो रुसविरुद्धको प्रत्याक्रमणलाई सुसङ्गठित गर्दै सहयोगी मुलुकबाट प्राप्त हतियारको बलमा आक्रमण सुरू गरेको छ । 

रूसले कुर्स्क क्षेत्रमा आक्रमणबाट नागरिकहरूको क्षति नहोस् भनी आफ्ना नागरिकलाई सुरक्षित स्थलमा सारिसकेको जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ६ : २६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण