राजनीति

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

By खबरहब

April 27, 2024

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको काम नै आफूहरूलाई हेप्ने भएको बताएका छन्‌ ।

मकवानपुर पार्टी कमिटीको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीप्रति लक्षित गर्दै उनको काम नै हेप्ने भएको, तर ओलीले झैं आफूहरूले कसैलाई चिढ्याउन नसक्ने बताए ।

‘त्यही अहङ्कारकै कारण २०७४ को चुनावमा तत्कालीन नेकपा (एमाले)ले पाएको दुई तिहाइ मत सदुपयोग हुन सकेन, संस्कार राम्रो नभएरै बिग्रिएको हो,’ नेपालले भने ।

देशमा प्रतिगामी र दक्षिणपन्थी शक्ति सक्रिय हुन थालेको दाबी गर्दै नेता नेपालले एकीकृत समाजवादी सरकार फेरबदलबारे चिन्तित नरहेको दाबी पनि गरे ।

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए ?