ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी | Khabarhub Khabarhub

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रमक हुँदै  गएका छन् ।

अध्यक्ष नेपालले त्यही झल्को समाजवादीको भ्रातृसंगठन युवा संघ नेपालले गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधनका क्रममा देखाए ।

पूर्व प्रधानमन्त्री नेपालले २०७४ को निर्वाचनमा पाएको मतका कारण नेताहरूमा घमण्ड बढ्दा ०७९ को निर्वाचनमा क्षति भोग्नु परेको दाबी गरेका छन् ।

उनले ०७४ मा कम्युनिस्ट पार्टीले पाएको मतको सदुपयोग हुन नसकेको गुनासो पनि गरे ।

सम्बोधनका क्रममा उनले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै २०७४ को जनमत खेर फ्याँकेको आरोप लगाए ।

‘२०७४ सालमा जनताले हामीलाई झण्डै दुईतिहाइ बहुमत दिए । त्यसलाई सदुपयोग गर्न सकेको भए २०७९ को सालमा हामीलाई सजिलो हुन्थ्यो’, उनले भने, ‘त्यसबेला हामीले शक्तिको सदुपयोग गर्नुपर्थ्यो, त्यो हुन सकेन । नेताहरूको दिमागमा घमण्ड सवार भको थियो ।’

अध्यक्ष नेपालले जर्मनका क्रुर शासक हिटलर पनि घमण्डकै कारण सकिएको जिकिर गरे । सम्बोधनका क्रममा उनले जनताबाट प्राप्त शक्तिलाई सदुपयोग गर्न सक्नुपर्नेमा पनि जोड दिएका छन् ।

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्टबाहेक अरु कुनै पार्टीसँग नरहेको पनि जिकिर गरे ।

कम्युनिस्टहरू यथास्थितिमा नबसी परिवर्तनमा रमाउनुपर्ने तर्क नेपालले गरे ।

सत्तामा बस्नेहरूले शक्तिका आडमा मात्तिन नहुने तर्क पनि गरे । ‘सत्तामा पुगेपछि विनम्र हुनुपर्छ’, उनले भने, ‘सत्तामा पुगेपछि मात्तिएमा क्षति भोग्नुपर्ने हुन सक्छ ।’

उनले गणतान्त्रिक आन्दोलन हुँदा ओलीले नपत्याएको पनि दाबी गरे । ओलीले २०६२/६३ को जनआन्दोलनताका बोलेको बयलगाडासम्बन्धी चर्चित उखानलाई पनि नेपालले त्यहाँ दोहोर्‍याए ।

‘कतिपयलाई आन्दोलन गरेर गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु उस्तै हो भन्ने लाग्यो’, ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘तर हामीले आन्दोलन अघि बढायौँ । कांग्रेसलाई पनि मैले नै आन्दोलनमा ल्याएको हो । हामीले ठाउँ ठाउँमा पुगेर आन्दोलन उठायौँ। त्यहीकारण आज हामीसामु यो उपलब्धि छ । ’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : ०५ बजे

सूर्यकुमारले शतक बनाएपछि हैदरावादमाथि मुम्बईको जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी