समाचार

आजका समाचार : एमालेमा जिम्मेवारी हेरफेर, टीआरसीमा सहमति र केरला बाढीमा मर्ने १७८ पुगे

By खबरहब

August 01, 2024

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूले जुटाए सहमति संक्रमणकालीन न्यायसम्बन्धी विधयेकका विषयमा दलहरूबीच सहमति जुटेको छ ।

बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको संयन्त्र बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका मिल्न बाँकी विषयमा सहमति जुटाएको हो ।

कार्यदलका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेकपा एमाले संसदीय दलका मुख्यसचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भएको निरन्तरको छलफलपछि सहमति जुटेको हो ।

बैठकपछि बोल्दै गृहमन्त्री लेखकले भने, ‘आज राम्रो उपलब्धि भएको छ । हाम्राबीचमा मिल्न बाँकी कुरा सबै मिलिसकेका छन् ।’

विधेयकका चारवटा विषयमा लामो छलफलपछि सहमति भएको कांग्रेस नेतासमेत रहेका लेखकले बताएका छन् ।

‘द्वन्द्वकालका समयमा भएको हत्यालाई मनसायपूर्वक अथवा स्वच्छेचारी ढंगले परिभाषित गरेर अन्तिम सहमति जुटाइएको गृहमन्त्री लेखकले बताए ।

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए राष्ट्रपतिसँग शपथ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन संयन्त्रको बैठक

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए राष्ट्रपतिसँग शपथ

पाँच मिनेट बोलेका बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

उपप्रधानमन्त्री सिंहलाई भेट्न सिंहदरबार छिरेनन् बालेन र सुनिता

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

उपप्रधानमन्त्री सिंहले भने- नतिजा देखिनेगरी काम भइरहेको छ

एमालेले फेर्‍यो प्रदेश इन्चार्ज : योगेश र गोकर्ण हट्दा पद्मा र लेखराज दोहोरिए सत्तारुढ दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्ज फेरबदल गरेको छ।

काठमाडौंको हनुमानथानस्थित होटल बसेरमा बिहीबार दिउँसो बसेको सचिवालय बैठकले सातै प्रदेशमा नयाँ इन्चार्ज पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

जसअनुसार एमालेले कोशी प्रदेशमा स्थायी कमिटी सदस्य शेरधन राईलाई नयाँ इन्चार्ज बनाएको छ । उनी पूर्वराष्ट्रपति विद्या भण्डारी र अध्यक्ष केपी शर्मा ओली दुवैका निकट मानिन्छन् ।

एमालेले मधेशमा बिहीबार मात्रै स्थायी कमिटी सदस्यमा बढुवा भएका लीलानाथ श्रेष्ठलाई इन्चार्ज बनाएको छ । यसअघि यहाँ एमाले सचिव योगेश भट्टराई इन्चार्जका रुपमा थिए ।

पार्टी बैठक सरकारी निवासमा राख्दिनँ : प्रधानमन्त्री ओली

महेश बर्तौलासहित १७ जना बने एमाले केन्द्रीय सदस्य

मधेश इन्चार्जबाट फिर्ता योगेशलाई एमाले संसदीय विभागको जिम्मेवारी

गुरु बराल बने एमाले उपाध्यक्ष, मुकुन्द न्यौपाने र लीलानाथ स्थायी कमिटी सदस्य

बसेराको बैठकबाट नेताहरूको कार्यविभाजन गर्दै एमाले

च्यासलको कार्यालयमा बाढी पसेपछि होटल बसेरामा एमालेको बैठक

सौर्यका पाइलट मनिषरत्न डिस्चार्ज हुँदै, दुर्घटनाबारे बोल्न निषेध गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरा जाने क्रममा काठमाडौंमा भएको सौर्य एयरको जहाज दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्य बिहीबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।

काठमाडौं मेडिकल कलेजका निर्देशक प्रा.डा. मीना थापाले क्याप्टेन शाक्यको स्वास्थ्यमा निकै सुधार भएकाले डिष्चार्ज गर्ने तयारी भएको जानकारी दिइन् ।

उनले तत्कालै काममा फर्किन सक्ने अवस्था नरहेपछि स्वास्थ्य अवस्था सुधार भएकाले घरमै आराम गराएर उपचार जारी रहने बताइन् ।

शाक्यको ढाडमा देखिएको समस्या अप्रशेन गर्नुनपर्ने हुन सक्ने उनले बताइन् । उपचारका क्रममा क्याप्टेन शाक्यले जहाजमाथि पुगेपछि नियन्त्रणमा लिन नसकेको मात्रै बताएको डा.थापाले उल्लेख गरिन् ।

खोलाले बगाएका पतिलाई प्रहरीले बचायो, पत्नीको शव भेटियो

शवसहित जनकपुरधाममा मिटरब्याज पीडितको प्रदर्शन

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेन र सुनिताको उपस्थितिमा उद्घाटन

आन्तरिक रोजगारी सिर्जनामा सहयोग गर्न विश्व बैंकसँग आग्रह

केरलामा बाढीबाट मृत्यु हुनेको संख्या १७८ नाघ्यो

भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ । केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।

त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ । प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । हाल ८८ राहत शिविर बनाएर करिब ९ हजारलाई ति शिविरमा राखिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

इजरायलको दाबी- हवाई हमलामा हमासका सैन्य प्रमुख मोहम्मद दिएफ मारिए

भारतको हिमाचलमा आएको भीषण बाढी पहिरोमा ५० जना बेपत्ता

गाजामा बढ्दो गतिविधि रोक्न अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

बंगलादेशमा आन्दोलनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा

नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु

चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता