नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियाको एक चिया पसलमा बिस्फोट, १९ जनाको मृत्यु


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

 नाइजेरिया– उत्तरपूर्वी नाइजेरियास्थित एक  गाउँको एक चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु भएको छ । साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले जनाएको छ । 

स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भएको विस्फोट पछिल्लो  समयको सबैभन्दा घातक घटना हो ।

हालसम्म विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन यद्यपी बोको हराम जिहादी समूह र उनीहरूको प्रतिद्वन्द्वी पश्चिम अफ्रिका क्षेत्रीय इस्लामिक स्टेट दुवै बोर्नोमा सक्रिय छन् । नाइजेरियाको सेनाले हालसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

बोर्नोको ग्वोजा क्षेत्रमा विवाह, अस्पताल र अन्त्येष्टिमा लक्षित गरी थुप्रै आत्मघाती आक्रमण गरी ३२ जनाको हत्या गरेको केही हप्तापछि काउरी आक्रमण भएको हो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ५ : ०४ बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन