मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेन र सुनिताको उपस्थितिमा उद्घाटन | Khabarhub Khabarhub

मौलिक शैलीमा बन्यो काठमाडौं ८ को भवन, बालेन र सुनिताको उपस्थितिमा उद्घाटन


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर ८ को भवन बिहीबार उद्घाटन गरिएको छ । २०७९ माघ १३ गते शिलान्यास गरेर जयवागेश्वरीमा बनाउन थालिएको उक्त भवन मौलिक शैली र स्थानीय संस्कृति झल्किने किसिमको छ ।

महानगरपालिकाको तीन करोड रुपैयाँ लागतमा बनाएको भवनको बिहीबार महानगरपालिकाका प्रमुख बालेन साह र उपमेयर सुनिता डंगोलको उपस्थितिमा उद्घाटन गरिएको छ । यो भवनको शिलान्यास कामपा–८ का वडाध्यक्ष आशामान सङ्गत लगायतले गरेका थिए ।

पशुपति क्षेत्र विस्तारका क्रममा २५ वर्षअघि वडा भवन भत्काइएको थियो । भवन भत्काइएपछि पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी कार्यालय रहेको जयवागेश्वरीमा वडा कार्यालय चलिरहेको थियो ।

नयाँ भवन त्यससँगैको नेपाल वेद विद्याश्रमको नाममा रहेको जग्गामा बनाइएको हो । यो भवनको तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका थिए ।

तर वेद विद्याश्रमले विरोध गरेपछि काम रोकिएको थियो । तर पछिल्लो पटक कोषले निर्माण गर्न पत्र दिएपछि भवन तयार भएको हो ।

कार्यक्रममा वडाध्यक्ष सङ्गतले लामो समयको प्रयासपछि भवन बनेकोमा खुसी व्यक्त गरेका छन् । उनले नक्साअनुसार सांस्कृतिक र मौलिकताले भरिएको भवन तयार भएको बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ४ : ०१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ