चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता « Khabarhub

चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता


१७ श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा परेको भारी वर्षाले निम्त्याएको विपदबाट ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको ‘टाइफुन गेमी’बाट हुनान प्रान्त विशेष गरी प्रभावित भएको हो । केही क्षेत्रहरूमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ सहरबाट ११ हजारभन्दा बढी मानिसहरूलाई सहरबाट अन्यत्रै सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको थियो ।

जिक्सिङ क्षेत्रका बस्तीलाई जोड्ने धेरै सडकहरू चरम मौसमका कारण अस्थायी रुपमा अवरुद्ध गरिएका थिए जसले बिजुली आपूर्ति र सञ्चार पूर्वाधारलाई पनि असर गरेको थियो ।

‘टाइफुन गेमीबाट सबैभन्दा बढी प्रभावित जिक्सिङ सहरका आठवटा सहरमा अवरुद्ध गरिएको सडकहरू हाल खोलिएको छ  । प्रारम्भिक निष्कर्षले ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको देखाएको छ’, अनुसन्धान र उद्धार प्रयास अझै जारी रहेको बताउँदै राज्य प्रसारणकर्ता सिसिटिभीले बिहीबार जनाएको छ । 

हुनानको योङ्क्सिङ काउन्टीमा तीन जनाको मृत्यु भएको र आइतबार प्रान्तका अन्य ठाउँमा गएको पहिरोमा १५ जनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार  ६ : ०२ बजे

सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर

मनाङ– पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ ।

रास्वपा केन्द्रीय कमिटी बैठक शनिबार बस्दै, विधान पारित गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने भएको

विदेशी नागरिकलाई दलालबाट जोगिन सकारको आग्रह, भन्यो : भिसा सेवा सरकारी निकायबाट मात्रै लिनू 

काठमाडौं– विभिन्न उद्देश्यले नेपाल भ्रमण गर्ने विदेशी नागरिक  तथा आम सर्वसाधारणलाई

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक