फाइल तस्वीर

समाचार

आजका समाचार : प्रचण्ड सत्ताबाट बाहिरिँदै, कांग्रेस र एमालेले फ्याँके राष्ट्रिय सहमतिको कार्ड

By खबरहब

July 02, 2024

सरकार ढल्ने निश्चित भएपछि प्रधानमन्त्री र गृहमन्त्री लामिछाने छलफलमा जुटे वर्तमान गठबन्धन सरकार ढल्ने निश्चित भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरणमा नमिसिने निर्णय लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी सबै मन्त्रीलाई बर्खास्तको तयारी गरिरहेका बेला लामिछानेले संवाद गरेका हुन् ।दाहालले मंगलबार नै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटिसकेका छन् । अहिले उनी गृहमन्त्री लामिछानेसँग छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री एमाले–कांग्रेस समीकरण बने पनि तत्काल सरकारबाट राजीनामा नदिने बरु विश्वासको मतको सामना गर्ने बताएका छन् । दाहाल पछि नहट्ने भएपछि नयाँ समीकरणलाई पनि समस्या भएको छ ।

एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू

ओलीले प्रचण्डलाई भने, ‘तपाईं राष्ट्रिय नायक हो, राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्’

राजीनामा नदिने कुरा सुनाउन प्रधानमन्त्री शीतल निवास पुगे

तत्काल राजीनामा नदिने प्रचण्डको अडान

कांग्रेस–एमाले गठबन्धनमा रास्वपा सहभागी नहुने

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा

एमाले-कांग्रेसबीचको गठबन्धन अस्वभाविक : माओवादी

‘ठूला मान्छेका भ्रष्टाचारका फाइल खोल्नेबित्तिकै सत्ता समीकरण फेरियो’

प्रतिनिधिसभा सचिवमा सुरेश अधिकारी नियुक्त

सानेपामा ओलीलाई गगन र विश्वप्रकाशको स्वागत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेका छन् । ओलीले कांग्रेसको सञ्चार विभागद्वारा आयोजित पार्टिका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गरेका हुन् ।

ओलीलाई कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले फोटो प्रदर्शनीस्थलमा घुमाएका छन् ।

सानेपामै कांग्रेसले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र कांग्रेस नेता कृष्ण सिटौला सहभागी छन् ।

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा प्रचण्ड 

च्यासलमा एमाले सचिवालय बैठक, नयाँ समीकरणबारे ब्रिफिङ गर्दै ओली

एमाले अध्यक्ष ओली कांग्रेस कार्यालय सानेपामा

राप्रपा संविधान संशोधनको पक्षमा उभिने

‘कांग्रेस-एमाले समीकरण चरम अवसरवाद, लोकतन्त्रलाई खतरा’

गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको हो : सभापति देउवा

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ  : विमलेन्द्र निधि

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

राजनीतिक स्थायित्वका लागि एमालेसँग सहमति :कांग्रेस

संसदीय समिति बैठक : सहकारीको समस्याबारे दलहरूसँग लिखित सुझाव मागिने सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको सातौँ बैठक सकिएको छ ।

मंगलबार बसेको बैठकमा राष्ट्रिय सहकारी महासङ्घकी अध्यक्ष ओमदेवी मल्ल र महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाहाङसँग सुझाव लिएको छ ।

यस्तै, महासंघका पूर्वअध्यक्षहरू मीनराज कँडेल, डीबी बस्नेत, बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र सीआईओ बद्री गुरागाईँ छलफल गरिएको हो ।

छनबिन समितिका संयोजक सूर्य थापाका अनुसार उनीहरूले सहकारीसम्बन्धी आ-आफ्नो क्षेत्रका महत्त्वपूर्ण धारणा राखेका छन् ।

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

एमाले उपाध्यक्ष बादलपुत्र प्रतीक पुर्पक्षका लागि थुनामा

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश

राष्ट्रियसभामा उठाइयो कर्णालीमा बजेट अभावदेखि प्राकृतिक विपत्तिसम्मका मुद्दा

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ २१ गते

राष्ट्रियसभाबाट लगानी सहजीकरणसम्बन्धी विधेयक स्वीकृत

भारतमा एकै परिवारका पाँचजना घरभित्रै मृत भेटिए भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ।

यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट गरिएको थियो । उक्त दुःखद घटनाले स्थानीय बासिन्दाहरूमा शोकमा डुबेका छन् ।

राज्यको प्रहरी विभागका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली ९एसआइटी० गठन गरिएको छ । मृतकको शव परीक्षणका लागि पठाइएको उनले बताए।

हवाई अड्डामा आक्रमण गरी पाँच युक्रेनी जेट विमान नष्ट गरेको रुसको दावी

इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा : प्रधानमन्त्री नेतान्याहु

पाकिस्तान र इरानबाट एक लाख बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, ३६१ घाइते

निकासी आदेशपछि दक्षिणी गाजामा पुनः इजरायलको आक्रमण